२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । कोरोना भाइरस संक्रमणको महामारीका बेला महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै कांग्रेसबाट बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्य लगायतले महाधिवेशन रोक्न मुद्दा दायर गरेका हुन् । 

निवेदकले तत्कालै महाधिवेशन रोक्न अन्तरिम आदेश समेत माग गरेका छन् । कांग्रेसले भोलि शुक्रबार देशभर वडा अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ । 

सर्वोच्चले अन्तरिम आदेश दिएमा कांग्रेस महाधिवेशन तत्कालै रोकिने छ ।

कोरोना महामारी र क्रियाशील सदस्यता विवादका कारण पटक–पटक सर्दै आएको महाधिवेशनको मुखैमा सर्वोच्चमा मुद्दा परेपछि फेरि संकट देखिएको छ ।