१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी बनाई दिने भन्दै ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न चार जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी रकम संकलन गरी ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका–१० चुन्वाङ घर भएका २८ वर्षीय श्याम कुमार राई, चावहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल घर भएका ४१ वर्षीय विबेक गुरूङ रहेका छन् ।

उनीहरूले राहदानी विभागमा सेवाग्राहीहरूलाई ललाई फकाई विश्वासमा पारी रकम संकलन गरी ठगी गर्नुका साथै कीर्ते गरी अनलाइन फारम भरिदिने कार्य गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा भरिएको ३२ थान अनलाइन फाराम, ३ थान ल्यापटप, १ थान प्रिन्टर र ३ थान मोबाइल बरामद गरेको छ ।

उनीहरू उपर ठगी सम्बधि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।




भर्खरै