८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बसमा ट्राफिकले बढायो निगरानी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक जाँच तीब्ररुपमा बढाइएको छ । आज बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानमा अन्य ११ वटा बसहरू पनि कारबाहीमा परेका छन् । साउन पहिलो सातादेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको हो ।

अघिल्लो आइतबार पनि केही चालकहरु मापसेमा परेका थिए । स्कूल बसकै चालक बिहानै मापसे गरेर सवारी चलाउने गरेको सूचना आएपछि ट्राफिक प्रहरीले अभियान चलाएको हो ।