• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

किन रोइन् उत्तर कोरियाली प्रथम महिला ?



उत्तर कोरियाकी प्रथम महिला युद्धविराम उत्सवका दिन रोएको समाचार यतिखेर विश्वका सञ्चारमाध्यमहरुमा निकै आएको छ । उनी हालै आयोजित एक सार्वजनिक समारोहमा आँशु झारेर रोएकी थिइन् ।

उत्तर कोरियाकी रि सोल जुले आफ्ना श्रीमान् किम जङ अनको साथमा उभिएर राष्ट्रिय गान गाइरहेका बेला बरबरी आँसु झारिन्।

उनीहरू कोरियाली युद्धविराम स्मरण उत्सवको ६९औँ वार्षिकोत्सव समारोहमा थिए। उत्तर कोरियामा उक्त वार्षिकोत्सव जुलाई २७ का दिन मनाउने गरिन्छ । त्यस दिन आयोजित सैनिक परेडसहितको एक औपचारिक कार्यक्रममा उनी रोएको समाचार र भिडियो सर्वत्र आएको छ ।

कोरियाली युद्धताकाका दृश्यहरुले उनलाई भावुक बनाएको हुनसक्ने मिडियाहरुको अनुमान छ । यद्यपि, उनले यस विषय भने केही भनेकी छैनन् ।

किम उत्तर कोरियाली कडा शासक मानिन्छन् । त्यसैले उनीसँगै सार्वजनिक समारोहमा उभिएकी उनकी श्रीमती रोएको समाचारको चर्चा धेरै भएको मानिएको छ ।