२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक जवान ढकाललाई २५ वर्ष कैद



अ+ अ-

काठमाडौं । नेपाल सेनाका हुद्दा भरत गुरुङको हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला सुनाइएको छ। ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको हो।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान ढकाललाई जन्मकैद फैसला भएको हो। 

बुधबार सैनिक अदालतले ढकालविरूद्ध फैसला गरेको थियो। हुद्दा गुरुङको साउन ७ गते भरतपुर महानगरपालिका(१७ शारदानगरस्थित सिमल डाँडामा  हत्या भएको थियो।

अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलेको थियो। 

सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो।

ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको पौडेलले बताए।