१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले प्रवक्तामा ज्ञवाली, खोसियो योगेश भट्टराईको पद



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका नेता योगेश भट्टराईलाई बाट हटाएर  ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

एमालेमा समाहित भएलगत्तै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको दुई साता पनि नबित्दै योगेशको प्रवक्ता पद खोसिएको छ । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ ।

उक्त विज्ञप्तिमा ज्ञवाली प्रवक्ता भएको जनाइएको छ । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।