२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको निर्वाचन निर्देशिका सच्चियो, बन्यो समावेशी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका संशोधन गरेको छ । समावेशी समूहका नेताहरूले विरोध जनाएपछि कांग्रेसले वडा अधिवेशनका लागि निर्वाचन अधिकृत वडामा पुगिसकेपछि निर्वाचन निर्देशिका संशोधन गरेको हो । 

समावेशी समूहका नेताहरूले महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा बनेको विधान र सहमहामन्त्री डा. प्रकाशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बनाएको निर्वाचन निर्देशिकामाथि प्रश्न उठाउँदै विरोध जनाएका थिए । 

“२०७८ साउन ३० गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कार्यसमितिको बैठकमा प्राप्त सुझाव समेतलाई ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा थप निर्णय गरिएको छ,” कांग्रेसको निर्णयमा भनिएको छ, “महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एकजना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गरिने छ ।”