१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क आँखा शिविरमा तीन सय ५१ को उपचार



अ+ अ-

राजविराज । एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ ।

तीमध्ये एक सय १३ मा मोतियाबिन्दु फेला परेकाले उनीहरुलाई लहान अस्पतालमा निःशुल्क उपचारको लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताउनुभयो ।