६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा फेरी खटपट सुरु, यी नेताले सुरु गरे विद्रोह



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।

२ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो पुस्ताका नेताहरूबीच खटपट सुरु भएको हो । केही दिनअघिको बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमति भएको थियो ।

९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओलीमाथि एकलौटी रूपमा अघि बढ्न खोजेको आरोप लागेको छ ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को आज (१८ भदौ) मा केन्द्रीय भेला अध्यक्ष ओलीले बोलाएका छन् । तर, पीपीएलएका अध्यक्ष रहेका रुद्रप्रसाद नेपाललाई नै भेलाबारे जानकारी नभएको बताइएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओली समूहले एकपक्षीय रूपमा भेला बोलाएपछि पीपीएलएका अध्यक्ष नेपालले सो भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलएका सदस्यहरूलाई सहभागी नहुन सूचना नै जारी गरेका छन् ।

‘सामाजिक सञ्जालमा भोलि अर्थात् भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले सो भेलाबारे पीपीएलएलाई संस्थागत रूपमा कुनै जानकारी नभएको बेहोरा अनुरोध छ,’ अध्यक्ष नेपालले एक अपिल जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई सो भेलामा सहभागी नहुन हार्दिक अपिल गर्छु ।’

तर, पीपीएलएका अध्यक्ष नेपालले भेलाबारे जानकारी नै छैन भनिरहँदा संगठनकै नामबाट भेलाको निम्तो गरिएको छ । बिहीबार संगठनको आधिकारिक फेसबुकमा भनिएको छ, ‘यस संगठनको सचिवालयको बैठक तथा केन्द्रीय समितिको भर्चुअल बैठकमा छलफल भई भाद्र १८ गते २ बजे पुनर्जागरण भेला राखिएको हुँदा भोलिको भेला यथावत रूपमा सञ्चालन हुने बेहोरा सबैमा अनुरोध गर्दै भोलि शुक्रबार २ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा हुने भेलामा सहभागी भइदिनुहुन विनम्र अनुरोध गर्छौं ।’

पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउने क्रममा कुनै विवाद भए त्यसको समाधान गर्न कार्यदलसमेत गठन भइसकेको छ । एमालेले सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ । तर, उनीहरूलाई समेत थाहा नै नदिई ओली समूहले भेला राखेको स्रोतको दाबी छ ।

पीपीएलएका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले भेलाबारे कुनै जानकारी नभएको बताए । पन्तले एकतर्फी भेला रोक्न आग्रह गर्दासमेत ओली समूहले नमानेको बताइएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।