काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । शक्रवारको नेपाली बजारमा अमेरिकन डलरको मुल्य घटेको हो ।
विदेशी मुद्रा सटही दरअनुसार अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय १७ रुपैयाँ २० पैसा कायम भएको छ ।
यस्तै युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ २० पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।