८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्धः उद्योगमन्त्री बडू

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्धः उद्योगमन्त्री बडू
file photo
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

२८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपङ्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

उद्योगमन्त्री बडूले कोभिड–१९ महामारी र पछिल्लो रसिया र युक्रेनबीचको युद्धको प्रभावले ‘लजिष्टिक’ लागत बढेको र गन्तव्यसम्म पु¥याउन पनि समय लागिरहेको भन्दै यी समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत सुधारका काम भइरहेको, नेपालको ‘लजिष्टिक पोलिसी’ को मस्यौदा मन्त्रिपरिषद्मा पुगेको तथा नेपाल उद्योग वाणज्य महासङ्घको ‘भिजन–२०३०’ मा ल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता एमओयू गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

मन्त्री बडूले निर्यात तथा आयातका सामानको ढुवानीसँग सम्बन्धित सम्पूर्ण कार्यको व्यवस्थापन, कम लागत, कम समय र समस्यारहित ढङ्गले कार्गो व्यवसायीले गरेको कामको प्रसंशा गर्नुभयो । उहाँले भन्नुभयो, “कार्गो व्यवसायीले निकासी व्यापारलाई सहज, सुगम र मितव्ययी रुपमा ढुवानी गरी समयमै गन्तव्यमा पु¥याउन सहजीकरण गर्दै आएको छ, त्यसबाट सम्पूर्ण निकासी पैठारीकर्ता लाभान्वित हुँदै आएका छन् । जसले नेपालको निकासी व्यापार वृद्धि हुने तथा आयात व्यापारको लजिष्टिक लागत कम भई उपभोक्ता मूल्य वृद्धिको चापलाई कम गर्न सहयोग पुग्नेछ ।”

उद्योगमन्त्री बडूले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि शीघ्र सञ्चालनको तयारीमा रहेको र काठमाडौँ–निजगढ द्रूतमार्गको निर्माणकार्य पनि प्रगति भइरहेको भन्दै यी पूर्वाधारहरुले लजिष्टिक व्यापार व्यवसायको विकास र विस्तार एवं अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा प्रत्यक्ष योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विशेषगरी चोभारमा सुक्खा बन्दरगाह र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा कार्गो सेवा सञ्चालन गर्न कार्गो व्यवसायीको महत्वपूर्ण सक्रिय सहयोगको पनि सरकार अपेक्षा गर्दछ भन्नुभयो । देशमा रहेका उद्योगधन्दा, दैनिक आवश्यकताका सामानसमेत आयात गर्नुपर्ने बाध्यता रहेको, विभिन्न उद्योगको स्थापना गर्न चाहिने सामान उपकरण आयात गर्नुपर्ने भएकाले देशमा आयात निरन्तर रुपमा वृद्धि भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले उद्योग व्यवसाय प्रवद्र्धनका लागि सरकार निजी क्षेत्रसँग हातोमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोभिड महामारीपछिको तरलता अभावले उद्योग व्यवसायमा समस्या उत्पन्न भएको तथा मौद्रिक नीतिले झनै बैंकको ब्याजदर बढाएको भन्दै लजिष्टिक लागत घटाउनेतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्योग व्यवसाय प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारितालाई फराकिलो बनाइनुपर्नेमा जोड दिनुभयो । एशोसिएशनका अध्यक्ष मनोज अधिकारीले कार्गो व्यवसाय सहजीकरणका लागि सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

सो अवसरमा कार्गो व्यवसाय प्रवद्र्धनमा भूमिका खेल्ने विभिन्न संस्था एवं व्यक्ति तथा बढी कार्गो ढुवानी गर्ने विभिन्न एयरलाइन्सलाई प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो ।