१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्न निर्देशन

विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रुपमा नेपाल भित्रिएको सुपारी पुनःविदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजत भन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो । समितिले शुक्रवारको बैठकमा छलफलपछि सुपारीको डिएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पु¥याएर निर्यात गर्न दिने गरेको बताउनु भयो ।

केही दिनअघि विराटनगर भन्सारबाट भारततर्फ निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशंकामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहमा समेत सम्बन्ध जोड्न थालिएको छ । समितिको बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरी पुस्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजिकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताउनु भयो । सुपारीको उत्पादन व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुस्करले बताउनु भयो ।

त्यस्तै बैठकमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताउनु भयो । पक्राउ परेको सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सील लागेको बताउनु भयो । उहाँले यसरी नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमा नेपालको भन्सारको सील लाग्नुपर्नेमा भारत भन्सारको सील पाइएकाले शंका उब्जाएको र अनुसन्धानको विषय बनेको बताउनु भयो ।

बैठकमा सांसदहरुले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सांसदहरुले सुपारीमा राजनीतिक र अन्य सम्बन्ध खोज्न आवश्यक रहेको पनि बताए ।