२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावल सरकारका विरुद्ध खनिएका छन् ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न खोजिएको भन्दै एमाले नेता रावलले आक्रोश पोखेका हुन्। 

सरकार जनअनुमोदित नभएको जिकिर गर्दै ट्वीटरमार्फत रावलले राष्ट्रघाती सम्झौता अघि नबढाउन चेतावनी दिएका हुन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी अघि बढाउन षड्यन्त्र  गरिरहेको रावलको आरोप छ ।

‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो, फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ’, रावलले आक्रोश पोखेका छन् ।

उनले अगाडि भनेका छन्, ‘सरकार जनअनुमोदित  होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’