८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले गरे राजीनामा

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले गरे राजीनामा
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्।

पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए।

२०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए। केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए ।

पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानको विरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर सङ्घर्षमा उत्रेका उप्रेती पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा अप्रत्याशित किसिमले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामालाई अर्थपूर्ण मानिएको छ ।