२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बाट  वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालीका अनुसार भदौ १८ गते शुक्रबार मुलुकभरमा वडा अधिबेशन गर्ने तय भएको थियो । सबै वडामा अधिवेशन हुने भएपनि क्रियाशील सदस्यता  तय भएको जिल्लाहरुको मात्र अधिबेशन हुन लागेको हो ।

५६ ओटा जिल्लाको क्रियाशील सदस्यताको बिबरण सार्बजनिक भएकोमा आज करिब ४५ ओटा जिल्लाको वडा अधिबेशन हुन लागेको हो ।  २१ ओटा जिल्लाको क्रियाशील सदस्यताको सूचि अझै सार्बजनिक भएको छैन । वडा अधिबेशनलाई संगठनको पहिलो आधार स्तम्भका रुपमा लिने गरिन्छ । वडा अधिवेशन बाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ ।

यसै गरी क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने प्रदेश र प्रतिनिधिसभाको निर्बाचन क्षेत्र  कमिटी चयनका लागि मतदान गर्नेछन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने ब्यवस्था रहेको छ ।