• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

अरिङ्गालले टोकेर एक युवाको मृत्यु



सांकेतिक तस्बिर

गलकोट । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएको थियो ।