१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा पुरिएर ६ जनाको मृत्यु, २ बेपत्ता (अपडेट)



अ+ अ-

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने २ जना पुरिएर बेपत्ता भएका छन् ।

बिहीवार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये तिन जनाको मृत्यु भएको छ भने दुइ जना पुरिएर बेपत्ता भएका छन् । 

पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पहिरोमा परि मुत्यु हुनेमा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशल्या पौडेल रहेका छन् भने सोही परिवारका भगवती पौडेल र उनका छोरा विनोद बेपत्ता छन् । 

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पनि पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन् । 

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ ।