२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा खुल्यो चार हजार जनालाई जागिर (सूचना)



अ+ अ-

काठमाडौं । नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । 

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासीरजनजाति ५७३,  मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।  

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ। 

दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।