२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित
अ अ+ अ-

कञ्चनपुर । प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन् ।

“गुँड बढी देखिनुलाई सकारात्मकरूपमा लिन सकिन्छ”, नेपाल पक्षी संरक्षण सङ्घका संरक्षणकर्मी हिरुलाल चौधरीले भन्नुभयो, “नाटकीयरूपमा ९० प्रतिशत बढीले दुई दशकअघि कमी आएको गिद्धको सङ्ख्यामा वृद्धि हुन थालेपछि निकै उत्साहित भएका छौँ ।” पाँचदेखि १० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० बढीको हाराहारी पुगेका छन् ।

चौपायाको दुखाई कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक औषधिको प्रयोगमा लागेको प्रतिबन्धले गिद्धको सङ्ख्यामा बढोत्तरी भएको बताइएको छ । डाइक्लोफेनेक औषधिको प्रयोगपश्चात मरेका चौपायाको मासु गिद्धले खाँदा गिद्ध हृदयघात भई मर्ने गरेका थिए । नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानमा गरिएको अध्ययनअनुसार गिद्धको सङ्ख्यामा ह्रास आउनाको मुख्य कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

“गिद्धलाई डाइक्लोफेनेक औषधि प्रयोग गरिएको आहारबाट रोक्नु निकै चुनौती थियो”, संरक्षणकर्मी उहाँले भन्नुभयो, “डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउनका लागि निकै प्रयास भए, त्यसको परिणमस्वरुप औषधिमा प्रतिबन्ध लागेपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ ।” डाइक्लोफेनेक औषधिको विकल्पका रूपमा हाल गिद्धलाई असर नपुग्ने अरु औषधिको प्रयोग हुन थालेको छ ।

गिद्धको बासस्थानमा सुधारसँगै वातावरणमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे जनचेतना फैलाउने कार्य र गिद्धले गुँड बनाउने रुखहरुको संरक्षणमा जोड दिइएपछि गिद्धलाई पुरानै अवस्थामा फर्काउने कार्य सन्तोषजनकरूपमा अगाडि बढदै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, झिलमिला, तारापुर, भतपुरी फाँटा, बर्निखेडा, लालपानी क्षेत्रमा गिद्धको बासस्थान रहेको छ । निकुञ्जसँगै त्यसको मध्यवर्ती क्षेत्रका रूपमा रहेका दोधारा चाँदनी, बन्साहा र लालझाडी क्षेत्रमा समेत गिद्धले गुँड लगाउने गरेको छ । 

निकुञ्जका सूचना अधिकारी रविन चौधरीका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये यहाँ सात प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमा डङ्गर, हिमाली, सानो खैरो, सुन, खैरो, राज र गोब्रे गिद्धका प्रजाति पाइने गरेका छन् ।

“सबैभन्दा बढी डङ्गर गिद्धको सङ्ख्या देखापरेको छ”, उहाँले भन्नुभयो, “त्यसपछि सुनगिद्ध र सानो खैरो गिद्धको सङ्ख्या देखिएको छ, अन्यको सङ्ख्या धेरै कम छ, लामो ठुडे र खैरो गिद्ध जाडो मौसममा मात्रै देखापर्ने गरेको छ, ती दुई प्रजातिका गिद्ध बाह्य क्षेत्रबाट ‘माइग्रेट’ भएर यहाँ आइपुग्ने गरेका छन् ।”

निकुञ्जमा पाइने गिद्धका प्रजातिमध्ये चार प्रजातिलाई निकै दुर्लभ मानिएको छ । गिद्धको प्रजननदर बढ्दै गएकाले त्यसलाई सकारात्मकरूपमा लिन सकिने चौधरीले बताउनुभयो । कैलालीको खुटिया, अत्तरिया, बेली, पटेलालगायतका क्षेत्रमा गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षणकर्मीका अनुसार कैलालीमा गिद्धको सङ्ख्या १५० को हाराहारीमा छन् । सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने सुनगिद्ध र राजगिद्ध जोगाउनका लागिसमेत निकै चुनौती छ । 

मुख्य समस्याका रूपमा आगलागी रहेको छ । गिद्धले लगाएका गुँड प्रतिवर्ष आगलागीका कारण जल्ने गरेका छन् । त्यसबाट गिद्धको सङ्ख्यामा निकै गिरावट आएको छ । आगलागी नियन्त्रण गर्न सकिएमात्रै गिद्धलाई लोप हुनबाट जोगाउन सकिने संरक्षणकर्मीको भनाइ छ ।

गिद्ध मांसहारी चरा भए पनि त्यसले आफैँ शिकार भने गर्दैन । मरेका पशु गिद्धको मुख्य आहाराका रूपमा रहेको छ । वातावरण सन्तुलन गर्नमा गिद्धको महत्वपूर्ण भूमिका रहेको छ । आहाराका लागि गिद्ध टाढा–टाढासम्म उड्ने गर्दछ । विश्वमा गिद्धका २३ प्रजाति पाइने गरेका छन् ।