• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

बागलुङ्ग कालिका मन्दिरको पार्किङ्ग शुल्क बापतको रकम मानवसेवा आश्रमलाई



बागलुङ्ग । जिल्लाको प्रतिष्ठित कालिका मन्दिरको परिसरमा रहेको पार्किङ्गबाट प्राप्त हुने रकम मानवसेवा आश्रमले सदुपयोग गर्ने भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच मन्दिर परिसरमा रहेको पार्किङ्गलाई व्यवस्थित बनाइ त्यसबाट प्राप्त रकम मानवसेवा आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी बेसहारा सडकमानवहरूको व्यवस्थापनका लागि प्रयोग गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा कालिका भगवती गुठी व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष कुमार खड्का र मानव सेवा आश्रमका तर्फबाट संस्थाका बागलुङ्ग जिल्ला संयोजक बिपना तामाङ्गले हस्ताक्षर गरेका छन् ।

यस कार्यका लागि समितिले जग्गा उपलब्ध गराउने छ । मानवसेवा आश्रमले सम्पूर्ण व्यवस्थापकीय कर्तब्य पुरा गर्नेछ ।

समितिले पार्किङ्ग शुल्क समेत निर्धारण गरेको छ । दुई पांग्रे साधनको लागि रु. ५, माइक्रो, कार, जिप, भ्यानको लागि रु. १० र बसको लागि रु. २० निर्धारण भएको छ ।

मानवसेवा आश्रमले आजको दिनमा सातै प्रदेशको १९ जिल्लामा शाखा विस्तार गरि देशैभरि रहेका सहयोगापेक्षी सडक मानवहरूको व्यवस्थापन गर्दै आएको छ । आश्रमको संरक्षणमा १५०० जना व्यक्तिहरू आश्रित छन् । बागलुङ्ग जिल्लामा भने २०७३ सालदेखि शाखा संचालन गरेर सेवा प्रवाह गरिरहेको छ ।