५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौं उड्नेवित्तिकै यतीको जहाज फर्काइयो



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जहाजको एक इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठाडौँतर्फ उडेको यती एयरलाइन्सको जहाजलाई छ मिनेटमै पोखरा फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौँतर्फ उडेको थियो । तर जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले छ मिनेटभित्रै पोखरा फर्काएका हुन् ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ को संकेत देखाएको थियो । पाइलटले यस्तो अवस्थामा जोखिम लिन नचाहेपछि विमानलाई पोखरा नै फर्काएका हुन् ।

विमानमा ४५ जना यात्रु रहेको बताइएको छ ।