२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.27

Wind: 1.54

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौं उड्नेवित्तिकै यतीको जहाज फर्काइयो



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जहाजको एक इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठाडौँतर्फ उडेको यती एयरलाइन्सको जहाजलाई छ मिनेटमै पोखरा फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौँतर्फ उडेको थियो । तर जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले छ मिनेटभित्रै पोखरा फर्काएका हुन् ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ को संकेत देखाएको थियो । पाइलटले यस्तो अवस्थामा जोखिम लिन नचाहेपछि विमानलाई पोखरा नै फर्काएका हुन् ।

विमानमा ४५ जना यात्रु रहेको बताइएको छ ।