२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमाथि रूसको घातक आक्रमण



अ+ अ-

एजेन्सी । रूसी सेनाले राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घातक आक्रमण गरेको छ । यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ ।

युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारबाही जारी राखेका बेला रूसी आक्रमण तीव्र गतिमा भएको हो । व्यासगोरोड जिल्लाका धेरै स्थानमा गरिएको क्षेप्यास्त्र प्रहारबाट भएको हताहतीको स्पष्ट विवरण प्राप्त भएको छैन । चेर्निहाइभका गभर्नर व्याचेस्लाभ चाउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै मिसाइलहरू प्रहार गरिएको जानकारी दिएका छन् ।

युक्रेनी अधिकारीहरूले रूसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने बताएका छन् । यसअघि पनि किएभ र चेर्निहाइभ क्षेत्र कब्जा गर्न असफल भएपछि रूसी सेना पछि हटेका थिए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ । युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ ।

युक्रेनी सञ्चारमाध्यमले युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचलाई उद्धृत गर्दै खेर्सनलाई मुक्त गर्ने अभियान सुरु भइसकेको जनाएका छन् । युक्रेनको राष्ट्रिय सुरक्षा एवम् रक्षा परिषद्का सचिव ओलेक्सी ड्यानिलोभले बुधबारको टेलिभिजनमा सम्बोधनमा प्रतिआक्रमणका लागि युक्रनी फौज सतर्क रहेको बताएका थिए ।