• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते

निर्वाचनमा महिलाको सहभागिता बढाउन राजनीतिक दलहरुलाई सभामुख सापकोटाको आग्रह



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढिभन्दा बढि सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ । बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले मतदाताहरुमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनहरुमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाहरुको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताउनु भयो । सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘आगामी संघको र प्रदेशसभाको निर्वाचनमा दलहरुले महिलाहरुलाई बढिभन्दा बढि प्रतिनिधित्व गराउन जोड गर्नुपर्दछ । यो राष्ट्रका लागि, लोकतन्त्रका लागि र यो बहुआयामिक विकासका लागि पनि महत्वपूर्ण कुरा हो । यो काम पार्टीले नै गर्नुपर्छ । व्यक्ति होइन, पार्टीले जोडबल गर्नुपर्छ महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि । दलगत मतदानमा अहिले जुन अरुचि देखा परेको छ नि । यो हाम्रो व्यवस्थाका लागि समस्या हो । यो समस्या हल गर्नका लागि धेरै कुराहरु छन । तर, सबभन्दा महत्वपूर्ण कुरा चाँही आधा आकाश धानेका महिलाहरुलाई समानुपातिकमा मात्र नभई प्रत्यक्ष निर्वाचनमा पनि सहभागी गराउनु पर्दछ । यसो भयो भने हाम्रो व्यवस्था बलियो हुँदै जान्छ । लोकतन्त्र बलियो हुँदै जान्छ ।’

त्यस अवसरमा सभामुख सापकोटाले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरुलाई सचेत गराउनु भयो । हामी जनप्रतिनिधिहरुको जीवनस्तरमा परिवर्तन आएपनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरुले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरुले दिनुपर्ने उहाँले बताउनु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘हामी जनप्रतिनिधिहरुले जनताप्रति उत्तरदायी हुनैपर्छ । जनताको एक÷एक प्रश्नको उत्तर हामीले दिनैपर्छ । जनताप्रति जवाफदेही हुने र उनीहरुको विश्वास लिएर मात्रै अघि बढन सकिन्छ ।’

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो । समाजमा विद्यमान महिलाहरुलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उहाँले स्पष्ट पार्नु भयो । उपसभामुख भुसालले भन्नु भयो, ‘समानुपातिक निर्वाचन प्रणालीसँगसँगै प्रत्यक्ष निर्वाचनको माध्यामबाट पनि महिलाहरुलाई कसरी नेतृत्वको लागि अवसर प्रदान गर्ने भन्ने कुरालाई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्दछ । समाजमा विद्यमान मनोवैज्ञानिक दृष्टिकोणलाई बदलेर लैजान पनि आगामी निर्वाचनमा महिलाहरुको सहभागितामा जोड दिनुपर्ने हुन्छ ।’

पूर्वसभामुख ओनसरी घर्तीले भोलीको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिलेनै राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढिभन्दा बढि सहभागिता गराउन लाग्नुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले आरक्षण र विशेषाधिकार केही समयको लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरुले पनि पहलकदमी लिनुपर्ने बताउनु भयो । पूर्वसभामुख घर्तीले भन्नु भयो, ‘हामीले प्रत्यक्ष निर्वाचित भएर आउने वातावरण बनाउन सकेनौं भने भोलीको भावी पुस्ता चाँही प्रत्यक्ष निर्वाचनमा जान नसकिने हो कि भनेर यो क्षेत्रलाई रोज्न नहुने हो कि भन्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आउन नदिनका लागि पनि हामीले पहलकदमी लिनुपर्ने हुन्छ ।’

पूर्वसभामुख घर्तीले विशेषाधिकारको उपयोग गरेर महिलाहरुले आफूलाई कमजोर सावित गर्न नहुने पनि बताउनु भयो ।