• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

युट्युुव हेरेर नै ‘ड्रागन खेती’, बजारको छैन चिन्ता (फोटोफिचर) (भिडियोसहित)



कञ्चनपुर । पछिल्लो समय ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीहरुलाई मुस्किल भएको छ ।  केही समय अघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फल अहिले बजारमा उच्च माग आउन थालेको हो । बढ्दो बजार मागका कारण ड्रागन फलको व्यवसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन् । सिउँडी जस्तो देखिने ड्रागन फलको बारेमा अझैपनि कतिपय त अनविज्ञ नै छन् । तर देशका मुख्य शहरमा यसको माग पछिल्लो समय अत्याधिक भएको वली बताउँछन् ।

सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यवसायीक खेती शुरु भएको छ ।  वलीले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर एक वर्षदेखि यो खेती गरिरहनुभएको छ । उहाँले आफूले युट्युब हेरेर नै ड्रागन खेती गरेको बताउनु भयो ।

वलीले अत्तरियाको तेघरीमा जग्गा भाडामा लिएर २०७७ श्रावणबाट व्यावसायिक रूपमै खेती शुरु गरेको बताउनु भयो । बजारमा ड्रागनको माग धेरै आइरहेपनि पुर्याउन नसकेको गुनासो गर्नुभयो । ड्रागन लगाएको स्थानमा नै आउनेहरुलाई पनि फल नफलिसकेकोले दिन नसकेको बताउनु भयो । उत्पादन भएका फल फार्ममै लिन आउने गरेकोले बजारसम्म पनि पुर्याउन जानु नपरेको बताउनु भयो । शुरुवाती चरणदेखि सिंचमईसम्म गर्दा अहिलेसम्म ३९ लाख रुपैयाँ लगानी भएको उहाँको भनाइ छ । उहाँले एक वर्षमा नै ड्रागन फलेपछि ५ सय केजी बिक्री गरिसकेको बताउनु भयो । ड्रागन फल्न १८ महिनाको समय लाग्ने गरेपनि आफ्नो बारीमा भने त्त वर्षमा नै फलेको बताउनु भयो । खेती बिस्तारका लागि दाङ र सिन्धुलीबाट बिरुवा ल्याएको र डेढ बिगा जग्गामा ३ हजार ५ सय बिरुवा रोपेको बताउनु भयो । ड्रागन खेती भित्र अन्तर बाली लगाएका ओलीले जग्गा भाडा अन्तरबालीबाट नै तिर्ने गरेको बताउनु भयो । आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले शुरुवाती चरणदेखि अहिले सिंचाईसम्म ३२ लाख लगानी लगाएको छु । दुई जनालाई रोजगारी पनि दिइरहेको छु, अहिले हेर्न र किन्न भनेर धेरै आउनुहुन्छ । सबैलाई यो खेतीको बारेमा जानकारी दिएर पठाउने गरेको छु । लगाएको १८ महिनापछि ड्रागनले उत्पादन दिन शुरु गर्दछ । ३ वर्षसम्म कुरे राम्रो उत्पादन दिन्छ । २०७७ साउनमा लगाएको थिए । केही बोटमा २०७८ असारमै एक वर्ष नपुग्दै फल्न सुरु ग¥यो । खास उत्पादन हुनुपर्ने १८ महिनापछि हो । बोटमा एक दुई दाना फल्यो हामीले प्रतिकेजी ६ सयका दरले ५ क्युन्टल बिक्री गरीसकेकाछौँ, ड्रागनका बिरुवा हुर्किँदै गएका छन् । २०७९ असारमा पूर्ण रूपमा फल दिइसक्छन् ।’

सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक स्थापना भएको गोदावरी ड्रागन फललाई प्रदेश सरकार अन्तरगर्तको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताउनु भयो । उहाँले ड्रागन फलको खेती सुदूरपश्चिममा पहिलोपटक गरेको र प्रदेश सरकारले अनुदान दिएको बताउनु भयो । उहाँले कृषि अनुसन्धान टोलीले निरीक्षण गरिरहेको बताउनु भयो । उहाँले उक्त ड्रागन फार्ममा दुई प्रकारको प्रजाति रहेको बताउनु भयो । एउटा बोक्रा गुलावी गुदी सेतो,अर्को बोक्रा गुलावी र गुदी रातो हुने प्रकारको रहेको उल्लेख गर्नुभयो । ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म ड्रागन खेती गर्छु भन्दै उहाँ हामी कहाँ आउनुभयो । हाम्रो टोलीले निरीक्षण गर्यो । सबै ठिक देखेपछि हामीले पनि अनुमान दिएका हौँ, अहिले ड्रागन फ्रुट फार्ममा दुई प्रकारको प्रजातिको छ । एउटा बोक्रा गुलावी गुदी सेतो,अर्को बोक्रा गुलावी र गुदी रातो हुने प्रकारको छ, ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्छ । यसको बजार मूल्य अहिले ६ सयदेखि एक हजारसम्म तोकिएको छ । तर यति महँगो कसैले पनि तिर्न सक्दैन । दुई/चार जनाले खालान्,हामी यसको मूल्य ४०-५० सम्म झार्ने प्रयत्न गरिरहेका छौँ । सबैले आ–आफ्नो बारीमा ८/१० ओटा बिरुवा लगाउँदा बालबालिकाको पोषण पुग्छ, कुनैपनि प्राविधिक सल्लाह र सहयोग आवश्यक परेमा कृषि विकास निर्देशनालय वा मातहतका कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्छु ।’

ड्रागनको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जेठदेखि असोज–कार्तिकसम्म उत्पादन हुन्छ । रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ भने यसले २० वर्षसम्म उत्पादन दिने जोशीले बताउनु भयो ।