९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमको नयाँ सेवा,आई टिभी सञ्चालन



अ+ अ-

काठमाडौं । डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू गरेको छ । इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको जनाएको छ ।

डिआई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउदा ग्राहकहरु डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा विश्वास लिएको कम्पनीले जनाएको छ ।

डिसहोमका अध्यक्ष हेमराज ढकालले नेपालको सूचना प्रविधिको क्षेत्रमा डिसहोमले ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ ईन्टरनेट टिभीको गुणस्तरीयतामा ध्यान दिने बताउनुभयो । डिसहोमले इन्टरनेटमा सेटअप बक्स जोडेर आईपीमा आधारित नयाँ टिभीको सुरूवात गरेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै डिसहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले डिसहोमले नेपालकै इतिहासमा पहिलो पटक आईपी टिभी सुरू गरेको जनाउँदै प्रविधिको दुनियाँमा नयाँ फड्को भएको बताउनुभयो ।

२०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।