२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमको नयाँ सेवा,आई टिभी सञ्चालन



अ+ अ-

काठमाडौं । डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू गरेको छ । इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको जनाएको छ ।

डिआई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउदा ग्राहकहरु डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा विश्वास लिएको कम्पनीले जनाएको छ ।

डिसहोमका अध्यक्ष हेमराज ढकालले नेपालको सूचना प्रविधिको क्षेत्रमा डिसहोमले ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ ईन्टरनेट टिभीको गुणस्तरीयतामा ध्यान दिने बताउनुभयो । डिसहोमले इन्टरनेटमा सेटअप बक्स जोडेर आईपीमा आधारित नयाँ टिभीको सुरूवात गरेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै डिसहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले डिसहोमले नेपालकै इतिहासमा पहिलो पटक आईपी टिभी सुरू गरेको जनाउँदै प्रविधिको दुनियाँमा नयाँ फड्को भएको बताउनुभयो ।

२०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।