१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनका साथमा सि जिनपिङ



अ+ अ-

बेइजिङ । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । हालसम्म रुसी सेनाले युक्रेनमा ठूलो क्षति पुर्याएको छ र राजधानी किभतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । शुक्रबार बिहानैदेखि किभमा विस्फोटको आवाज सुनिएको छ ।

यो युद्धमा विश्व पनि दुई पक्षमा विभाजित भएको छ । अमेरिका, बेलायत, युरोपेली मुलुक जस्ता धेरै देश युक्रेनको साथमा छन् भने चीन र पाकिस्तानले रुसलाई साथ दिइरहेका छन् ।

एकातिर विश्वका अधिकांश देशले रुसमाथि कडा प्रतिबन्ध लगाएको भने अर्कोतिर चीनले रुसमाथि लगाइएको गहुँ आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार युक्रेनमा रुसी आक्रमणपछि चिनियाँ भन्सारको सामान्य प्रशासनले यस्तो घोषणा गरेको हो । यो कदम यसै महिनाको सुरुमा पुटिन र जिनपिङबीच भएको सम्झौताको एक भागका रूपमा आएको हो।

रुस विश्वको सबैभन्दा ठूलो गहुँ उत्पादक मुलुक हो । तर ब्याक्टेरिया र प्रदूषणको डरले रुसले चीनलाई गहुँ निर्यात गर्दैन थियो ।

फेब्रुअरी ८ मा भएको थियो सम्झौता 

यस महिनाको सुरुमा फेब्रुअरी ८ मा चीन र रुसले एक सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअन्तर्गत चीन रुसबाट गहुँ र धान किन्न र रूसी प्रदुषण रोक्न सबै आवश्यक उपायहरू लिन सहमत भएको थियो।

सम्झौताअनुसार गहुँमा कुनै किसिमको फङ्गस वा प्रदूषण देखिए चीनले तुरुन्तै खरिद रोक्नेछ । बुधबार चीनको कृषि मन्त्रालयले गत वर्ष रोपाइँको अवधिमा आएको बाढीका कारण चीनले ठूलो समस्या भोगेको जनाएको थियो ।

रूस विरुद्ध विश्व
 
युक्रेनमा रुसको हमलापछि पश्चिमा राष्ट्रहरूले एकसाथ पुटिनको आलोचना गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आफ्नो सम्बोधनमा रुसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

अर्कोतर्फ युरोपेली सङ्घका नेताहरु पनि छ घण्टा लामो बैठकपछि रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन सहमत भएका छन् ।

रुसले युक्रेनमाथिको आक्रमणलाई जायज ठहराउन ‘झूटा र बेकारको बहाना’ बनाइरहेको काउन्सिलका अध्यक्षले बताए। उनले प्रतिबन्धले रुसी सरकारलाई नोक्सान हुने बताए ।