• ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
  •   Unicode
Logo
Latest
★   आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना ★   पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन ★   शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री दाहाल ★   बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते ★   हेलो सरकारमा कस्तो छ त गुनासो तथा सुझाव ★   सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै ★   प्रवासीको कथामा ‘परदेशी २’ ★   १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै ★   पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने ★   मलङ्गवामा कर्फ्यु आदेश

पुटिनका साथमा सि जिनपिङ



बेइजिङ । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । हालसम्म रुसी सेनाले युक्रेनमा ठूलो क्षति पुर्याएको छ र राजधानी किभतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । शुक्रबार बिहानैदेखि किभमा विस्फोटको आवाज सुनिएको छ ।

यो युद्धमा विश्व पनि दुई पक्षमा विभाजित भएको छ । अमेरिका, बेलायत, युरोपेली मुलुक जस्ता धेरै देश युक्रेनको साथमा छन् भने चीन र पाकिस्तानले रुसलाई साथ दिइरहेका छन् ।

एकातिर विश्वका अधिकांश देशले रुसमाथि कडा प्रतिबन्ध लगाएको भने अर्कोतिर चीनले रुसमाथि लगाइएको गहुँ आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार युक्रेनमा रुसी आक्रमणपछि चिनियाँ भन्सारको सामान्य प्रशासनले यस्तो घोषणा गरेको हो । यो कदम यसै महिनाको सुरुमा पुटिन र जिनपिङबीच भएको सम्झौताको एक भागका रूपमा आएको हो।

रुस विश्वको सबैभन्दा ठूलो गहुँ उत्पादक मुलुक हो । तर ब्याक्टेरिया र प्रदूषणको डरले रुसले चीनलाई गहुँ निर्यात गर्दैन थियो ।

फेब्रुअरी ८ मा भएको थियो सम्झौता 

यस महिनाको सुरुमा फेब्रुअरी ८ मा चीन र रुसले एक सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअन्तर्गत चीन रुसबाट गहुँ र धान किन्न र रूसी प्रदुषण रोक्न सबै आवश्यक उपायहरू लिन सहमत भएको थियो।

सम्झौताअनुसार गहुँमा कुनै किसिमको फङ्गस वा प्रदूषण देखिए चीनले तुरुन्तै खरिद रोक्नेछ । बुधबार चीनको कृषि मन्त्रालयले गत वर्ष रोपाइँको अवधिमा आएको बाढीका कारण चीनले ठूलो समस्या भोगेको जनाएको थियो ।

रूस विरुद्ध विश्व
 
युक्रेनमा रुसको हमलापछि पश्चिमा राष्ट्रहरूले एकसाथ पुटिनको आलोचना गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आफ्नो सम्बोधनमा रुसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

अर्कोतर्फ युरोपेली सङ्घका नेताहरु पनि छ घण्टा लामो बैठकपछि रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन सहमत भएका छन् ।

रुसले युक्रेनमाथिको आक्रमणलाई जायज ठहराउन ‘झूटा र बेकारको बहाना’ बनाइरहेको काउन्सिलका अध्यक्षले बताए। उनले प्रतिबन्धले रुसी सरकारलाई नोक्सान हुने बताए ।