२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलन आधाले घट्यो



अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ ।

कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरु बढी आयात भएका थिए । रु ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकामा निर्यात भने शून्य रहेको हो । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन ।

कार्यालयका अनुसार साउन महिनामा भारतबाट रु आठ लाख ५५ हजार ५२०, भदौमा रु १० लाख ५३ हजार ९०३ असोजमा, रु १३ लाख ३४ हजार ९८३, कात्तिकमा रु नौ लाख १९ हजार ३८२, मङ्सिरमा रु १० लाख ५५ हजार २२, पौषमा रु दुई लाख ३८ हजार ३६३ को सामान आयात भएको थियो ।

यस्तै माघ महिनामा रु चार लाख ९१ हजार ३७२, फागुनमा रु पाँच लाख ८४ हजार ३८२, चैतमा रु तीन लाख चार हजार ९५२, वैशाखमा रु दुई लाख ३३ हजार ८९, जेठमा रु चार लाख २९ हजार ५२४ र असारमा रु छ लाख २० हजार ६२२ को सामान भित्रिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा भन्सार महसुलबाट रु १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुरबाट रु ८७ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु छ लाख ६३ हजार ४६८, अन्तशुल्कबाट रु १२ हजार ५६ गरी रु २३ लाख ६६ हजार ८९७ राजस्व सङ्कलन गरेको थियो।

गत आर्थिक वर्षमा उक्त कार्यालयले रु ४३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम रु २३ लाख ६६ हजार आठ सय ९७ मात्रै सङ्कलन भएको हो । अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीहरुले धेरैजसो सामानहरु धनगढी वा काठमाडौँबाटै ल्याउने गरेका छन् ।