२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु



file photo
अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । 

यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।  

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण  सुरु गरिएको छ । अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण  कार्य १९  वटै यातायात  व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।” समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।