६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा



अ+ अ-

काठमाडौं । प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व.रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा बेचेर व्यक्तिको नाममा गरिदिएपछि यहाँ हुने विवाह पञ्चमीको रौनक नै कम हुँदै गएको स्थानीयवासी बताउँछन्। 

यहाँको रानीबजारस्थित मणिमण्डपमा राम, भरत, लक्ष्मण र शत्रुधनको एकैचोटी स्वयंवर भएको जनविश्वास गरिन्छ। त्यसैको सम्झनामा यहाँ हुने स्वयंवर कार्यक्रममा रामजानकी विवाह मण्डप कहिल्यै सजिन पाउँदैन। स्वयंवरको दृश्य हेर्न आउने लाखौं श्रद्धालु भक्तजनले उभिने ठाउँसमेत पाउँदैनन्। यहाँको २५ बिघा जग्गाजमिन जानकी मन्दिरका पूर्वमहन्थ स्व। रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए। रामशरण दासको मृत्युपछि बाँकी जग्गा रामतपेश्वर दासले किर्ते हस्ताक्षरमा बेचेका थिए। त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बाससमेत नपाउने अवस्था छ। 

जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, रामजानकी विवाह मण्डपको भूमि भूमाफियाको कब्जामा परेको छ। 

महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साइनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पत्ति महन्थको बिर्ता सरह हुन पुग्यो। बेचबिखन यहाँसम्म पुग्यो कि जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरू छिन्नभिन्न हुन थाले। देवभूमि जथाभावी अतिक्रमण पर्दै गएपछि यहाँका पुरातात्विक, धार्मिक र प्रतीकहरू खुम्चिदै गएका छन्। 

जनकपुर नगरपालिका भित्र १४ राजगुठी छन्। जानकी मन्दिर, सीता कुण्ड र वीरपुर गुठी भने छुट्टै गुठीमा छन्। जसमध्ये सबै गुठीहरू अतिक्रमणमा परेका छन्। नगरपालिका क्षेत्रका गुठीका ९० प्रतिशत जग्गा मालपोत, नापी, गुठी संस्थानदेखि महन्थको मिलोमतोमा अतिक्रमण भइसके। गुठीहरूसँग मुस्किलले १० प्रतिशत जग्गा मात्र अवशेषका रूपमा बाँकी छन्।   

जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साविक ६ हजारमध्ये ५ सय ३० बिघा, राममन्दिरको २८ सय ६७ बिघामध्ये २५ सय बिघा, लक्ष्मण मन्दिरको साविक ४ सय १० बिघामध्ये ३ सय ९० बिघा अतिक्रमणको चपेटामा परेका छन्। रत्नसागरको ६५ बिघामध्ये ४२ बिघा, कुवा मठको ४ सय ८५ बिघामध्ये ४ सय ६० बिघा, हनुमान मठको १ सय ४३ बिघामध्ये १ सय ३० बिघा जमिन भूमाफियाको कब्जामा गइसके। 

गुठीका ‘श्रीसम्पत्ति’ विनाश गर्ने कामको नेतृत्व महन्थहरूले नै गरिरहेकाले देवभूमि भूमाफियाको कब्जामा परेको छ। गुठीको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट च्युत भएर महन्थहरूले भूमाफियासँग मिलेर अकुत कमाइरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।