• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना प्रहरीको नियन्त्रणमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी भएको छ । सोमवार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवको बिरुद्धमा नाराबाजी गरेका थिए ।

उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गर्, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद लगायतका नारा लगाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भुमिका अतुलनीय रहेको बताउनु भयो ।

उहाँले पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भुमिकाको प्रशंसा गरेर नसकिने बताउनु भयो । ब्रिटिश साम्राज्यताका दक्षिण एशियाली मुलुकलाई एक हुन आग्रह गर्नुभएको र दक्षिण एशियामा नै एक उदाहरण भएर प्रसिद्धी कमाउनुभएको व्यक्तिको रुपमा भीमसेन थापालाई स्मरण गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘उच्चकोटी, उच्च व्यक्ति भएर देशको राष्ट्रियता र सार्वभौमिकतालाई बलियो बनाउन क्रियाशील भएर लाग्नुभएको थियो । पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन उहाँले उल्लेखनिय भुमिका खेल्नुभयो । राष्ट्र र राष्ट्रियताप्रतिको उहाँको अडानले उहाँको शासनकालमा नेपालले ठूलो मूल्य चुकाउनपर्यो तरपनि भीमसेन थापाले राष्ट्रवादी अडानका कारण नेपाल तटस्थ मुलुकका रुपमा रहन सफल भयो । त्यसबेला भीमसेन थापाले सर्वाधिकार शक्तिको बिरुद्ध एशियाली राष्ट्रहरुलाई एक हुन आग्रह गरेकोसमेत पाइन्छ । त्यसरी नेपालमा भीमसेन थापाले राष्ट्रवादी भएर दक्षिण एशियामा नै एक उदाहरण भएर प्रसिद्ध रहनुभयो ।

नेपालको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रियताको रक्षाका लागि उहाँले एक राष्ट्रवादी भुमिका निर्वाह गर्नुभएको छ । भक्ति थापा र भीमसेन थापाजस्ता वीरहरुको विषयमा हामीले अझ बढी अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता देखिन्छ । उहाँहरुले गरेको योगदानलाई नयाँ पिढीमा पुर्याउनु, उहाँहरुको बारेमा अनुसन्धान गरेर जानकारी दिन आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्वपूर्ण आर्थिक सुधारका कार्यहरु गर्नुभएको उल्लेख गर्नुभयो ।