६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक बाबुको अनुहार छोरीलाई समेत हेर्न दिइएन



अ+ अ-

झापा ।  राति ११ बजे मृत्यु भएका बाबुुको खबर उनले बिहान ७ बजे मात्रै माइतीतर्फका छिमेकीले फेसबुकमा पोस्ट गरेको देखेपछि मात्र थाहा पाइन् । आफूलाई जन्म दिनको बाबुको निधनको खबर, सामाजिक सञ्जालबाट थाहा पाउँदा कस्तो होेला ? तैपनि उनले आफूलाई सम्हालिन् ।

जन्म ब्राह्मणको घरमा, विवाह दलितसँग, तैपनि सीता ढुंगाना विश्वकर्माले रुँदै हतारहतार छिमेकीलाई फोेन गर्दै भनिन्, ‘मलाई जन्म दिने बाबु हो, अन्तिमपटक भए पनि अनुहार हेर्न पाऊँ, म नआएसम्म शव नजलाउनू । म घाटमै भए पनि आउँछु ।’

हारगुहार गर्दा पनि अन्तर्जातीय विवाह गरेकी सीताले आफूलाई जन्म दिने बाबुको मृतक अनुहार हेर्न पाइनन् । राजनीतिक रूपमा सचेत उनले जीवित बाबुको अनुहार हेर्न नपाएको त वर्षौं भइसकेको थियो तैपनि चित्त बुझाएकी थिइन् । तर, पनि उनले मृतक बाबुको अनुहार हेर्न पाइनन् । उनी आफूलाई जन्म दिने बाबुको मृत अनुहार भए पनि हेर्न घाट पुग्दा दमक चिया दोकानको ढुंगाना परिवार सतगति गर्ने सबै काम सकेर घाटबाट फर्किसकेको थियो ।
छोरी सीताको आर्तनाद माइती परिवारले नसुन्नुको प्रमुख कारण हो, उनको अन्तर्जातीय विवाह । बाहुनकी छोरी सीताले कथित दलित विश्वकर्मासँग विवाह गरेकी थिइन् । त्यही कारण उनी माइतीतर्फबाट जबर्जस्ती अलग बनाइएकी थिइन् ।

त्यसो त उनी एमालेनिकट अनेमसंघ झापाकी सहसचिव हुन् । राजनीतिक रूपमा सचेत उनले तैपनि आफूलाई जन्म दिने बाबुको मृत शरीर हेर्न पाइनन् । जलाइसकेको बाबुको खरानीसमेत उनको हातमा परेन ।

‘छोरीको नाताले मैले बाबुको खरानी भए पनि पाऊँ भनेर सूचना दिएको थिएँ, तैपनि सबै पखालेर बगाइदिएछन्,’ उनले दुखेसो व्यक्त गरिन् ।

ब्राह्मण परिवारमा जन्मेकी सीता । समय र परिस्थितिले उनले दलित परिवारसँग जीवन रोजिन् । हाल एमाले झापा जिल्ला सदस्य रहेका छविलाल विकसँग २०५७ साल पुसमा उनको प्रेम विवाह भएको थियो । जब उनले दलितसँग विवाह गरिन्, समाजबाट तिरस्कृत भइन् ।

दलितसँग विवाह गरेपछि बहिष्कृतमा परेकी उनको माइतीतर्फबाट ब्राह्मण बोलाएर पाठपूजा गरी किरिया गरिएको थियो । एउटी चेलीका लागि जीवनमा योभन्दा दुःखद् कुरा के नै हुन सक्छ ? तैपनि उनले आफूलाई यो धर्ती देखाउने बाबुको अनुहार अन्तिमपटक भए पनि हेर्न खोजिन् तर पाइनन् ।

माइतीले सँगै बसेर बाबुुको किरिया गर्न वर्जित गरेपछि आप्mनै घरमा बाबुुको किरिया बारेर बसेकी छोरी सीताले बाबुको मृत्युको १३औं दिनमा भनिन्, ‘मैले दलितसँग विवाह गरेकै कारण मेरो जिउँदैमा किरिया गरियो, मेरो बाबुु मरेपछि पनि मलाई किरिया गर्नबाट वञ्चित गरियो, आखिर यो सब किन ?’

सीताको माइती घर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा पर्छ । १३ दिनअघि बाबुु धर्मानन्द ढुंगानाको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो ।

दमक सूर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक भीमप्रसाद ढुंगाना र सार्वजनिक निमाविका शिक्षक लक्ष्मीप्रसाद ढुंगाना सीताका सहोदर दाजुहरू हुन् । दुःखद कुरा, उनीहरू दुवै जनाले बाबुुको मृत्युपछि सहोदर बहिनीलाई सँगै बसेर किरियासमेत गर्न दिएनन् ।

सीताले आफ्नै घरमा बसेर ढिकुरो बनाएर बाबुको किरिया गरिन् । अनेमसंघ सहसचिवसमेत रहेकी उनले भनिन्, ‘राज्यको शासन व्यवस्था कुुलीन वर्गको हातमा राख्ने र उपल्लो वर्गकाले सुद्रलाई रैती, दास र आफूलाई मालिक ठान्नेहरूले कागजी रूपमा जति नै व्यवस्था परिर्वतन गरे पनि व्यवहार त परिवर्तन गर्न गाहो रहेछ ।’

सीताका पति छविलाल विश्वकर्मा पनि एमाले जिल्ला सदस्य हुन् । तर, उनी पनि यस्तो विषयविरुद्ध एक्लै लड्न सम्भव नभएको र सामूहिक रूपमा लड्दा मात्र सम्भव हुने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

विश्वकर्मा दम्पतीका छोरा विपुल २० वर्ष पुगेका छन् । उनले अहिलेसम्म मावलीको अनुहार देख्न पाएका छैनन् । विपुलले भने, ‘जन्मिँदै कसैको कोखमा जन्मिए मेरो के दोष थियो र ? के जन्मनु दोष हो ?’, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।