• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

विकासका लागि मिसन राजनीति: वरिष्ठ नेता पौडेल



file Photo

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।

“मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रका लागि सधैँभर लागिरहन्छु ।” स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उहाँले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गर्नुभयो । गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिस सहरतिर विस्थापित भइरहेका छन् तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।

“पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन,” उहाँले भन्नुभयो, “राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।”

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले कांग्रेसलाई अप्ठ्यारो परेको बेला मात्र व्यवसायी खोजी गर्ने परम्परा अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । “चुनाव आउन लागेका बेला मात्रै व्यवसायी खोज्ने होइन, व्यवसायीको पीरमर्का के छ भन्ने बारेमा पार्टीले सधैँ चासो राख्नुपर्छ,” उहाँले भन्नुभयो । व्यवसायी बैकुण्ठनाथ मिश्रले पार्टीभित्रका नेता एकजुट हुन नसकेकाले समस्या हुँदै आएको बताउनुभयो ।