• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य ★   बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार ★   बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै ★   सागर एक्लैले लिए तीन विकेट ★   सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति

सलमान खानद्वारा आत्मरक्षाका लागि हतियार माग



काठमाडौं । आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् ।

गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्मसुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् ।

गत मे २९ मा पन्जाबको मानसा जिल्लामा पञ्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या भएपछि ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आएको थियो । सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेड नजिकै भेटेको थियो जहाँबाट उनीे नियमित बिहानको दौडमा निस्कने गर्छन् ।

अभिनेताले हिन्दीमा प्राप्त गरेको चिठीमा सलिम खान र उनका छोरा दुवैले मारिएका गायक सिद्धु मूसवालाको जस्तै नियति भोग्ने चेतावनी दिइएको प्रहरीले बताएको छ । महाराष्ट्र गृहमन्त्रालयबाट प्राप्त जानकारीअनुसार बिश्नोई गिरोहले अभिनेता खान र उनका बुबालाई धम्की दिनुको कारण आफ्नो शक्ति देखाउनु हो भनेको छ ।

उक्त गिरोहले ठूला व्यवसायी र कलाकारसँग रकम असुल्ने तयारी गरिरहेको बताइएको छ । धम्कीपत्र भेटिएपछि मन्त्रालयले खानको सुरक्षा निगरानी बढाएको छ । मुम्बई प्रहरीको अपराध शखाले धम्कीपत्रको छानबिन गरिरहेको छ । छानबिन गर्न गत महिना पुना गएको प्रहरी टोलीले लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश हिरामन काम्बले अर्थात् महाकालसँग सोधपुछ गरेको थियो ।