११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुनेमा गृहमन्त्री विश्वस्त

नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुनेमा गृहमन्त्री विश्वस्त
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधन कर्ताहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताउनु भयो ।

गृहमन्त्री खाँणले अहिले ल्याएको विधेयकको मुल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरुले नै नागरिकता पाउने गरेर नागरिकता (पहिलो संशोधन) विधेयक ल्याएको बताउनु भयो । उहाँले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताउनु भयो । गृहमन्त्री खाँणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अंगीकृतको लागि सबैले सहमति गरेर नागरिकता बिहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको पनि उल्लेख गर्नुभयो । गृहमन्त्री खाँणले वैवाहिक अंगीकृतको ७ वर्षको प्रावधानका कारण नै नागरिक संशोधित विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रश्ताव फिर्ता गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘यो विधेयक हाम्रो संसिवधान जारी भएपछि सदनमा यसले प्रवेश पाएको हो । दनमा राज्य व्यवस्था तथा सुशासनमा यो २२ महिना छलफल भयो । २२ महिनासम्म राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले छलफल गर्नुभयो । संशोधन दर्ता गर्नेहरुले पनि आफ्नो राय दिनुभयो । तर निस्कर्ष दिन सक्नुभएन । हामीसँग अभ्यास नै छ । २ पटक त हामीले संविधान सभाको चुनाव नै गर्नुपयो । अरुमा एकपटकमा बनाएँछन् हाम्रोमा दुई पटक भयो । त्यसरी बनेको संविधानमा २ पटक सहमतिका साथ दुईपटक संशोधन प्रश्ताव राखिसक्यौँ । त्यसैले संविधान भनेको जीवित दस्ताबेज हो । कुनै धर्मग्रन्थ होइन । त्यसैले संविधानमा नमिलेका कुरा आउने दिनमा मिल्छन् । तर ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्छ । अझै संशोधन गर्न सकिन्छ । माग गर्न सकिन्छ ।

गठबन्धनको सरकार, संघीय लोकतन्त्रलाई अझै सफल बनाउने कुरामा सहमति छ । यो विषयमा सिंगो सदन सहमति हुनसक्छ । त्यसका लागि प्रयत्न गरौँ । अहिले ल्याएको विधेयकको मुल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरुले नै नागरिकता पाएनन् । जो लाखौँको संख्या भइसक्यो उनीहरुलाई नै केन्द्रमा राखेर विधेयक बनाएका हौँ । नागरिकता नभएकोले विभिन्न समस्या आए । नागरिकता विधेयक सबैलाई आवश्यक छ ।

वैवाहिक अंगीकृतको लागि हामीले सहमति जुटाउने प्रयत्न गरौँ । यसलाई व्यवहारिक बनाऔँ । यसलाई कसरी हल गर्ने सरकार यसमा गम्भीरतापूर्वक छलफल गर्न तयार छ । सहमति जुटेपछि नै यो अघि बढ्छ । यसमा हाम्रो प्रतिवद्धता छ । वैवाहिक अंगीकृतको जुन ७ वर्षको प्रावधान छ, त्यसलाई संशोधन गर्ने साथीहरुले फिर्ता लिन आग्रह गर्छु । किनभने त्यसमै सहमति नजुटेर टुंगोमा पुग्न नसकेको हो । नागरिकता विहीनलाई नागरिकता दिन सहमति जुटाऔँ । पहिला आएको अध्यादेशको आधारशिलामा टेकेर विधेयक आउँछ । गैर आवासीय नेपाली नागरिकलाई नागरिकता दिँदा नेपालको संसारसँग सम्बन्ध बढ्छ । नेपालसँगको लगानी बढ्छ । संविधानमा राखेको प्रावधानलाई यहाँ समावेश गरिएको छ ।’

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रश्ताव पेस गरेका थिए ।