• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रतिनिधि सभाको बैठक बस्दै,नागरिकता विधेयक पेश हुने



काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा कारागार विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।