• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए ★   कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश ★   तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका ★   प्रधानमन्त्रीद्वारा प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन

अध्यादेश प्रतिस्थापन गर्न बनेका दुई विधेयक पेस



बागमती । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो ।

आजको बैठकमा अन्य दुई ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि पेस गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभयो ।

त्यस्तै प्रदेश प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभयो ।