७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न सांसद ढकालको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा उहाँले मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा राष्ट्रिय परिचयपत्रसँगै दिने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद मीना सुब्बाले निर्वाचन आयोगका धेरै सामग्री प्रयोगविहीन भएकाप्रति ध्यानाकर्षण गराउनुभएको छ । आयोगले किनेका ५२१ ल्यापटप, कलर प्रिन्टर, अत्याधुनिक छपाइ मेसिन प्रयोगविहीन भएको उहाँको भनाइ थियो ।

सांसद महेश बस्नेतले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा गम्भीरतापूर्वक लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामेश्वर राय यादवले मधेशमा अत्याधिक गर्मीका कारण किसानले पानी र मलको अभावमा खेती गर्न कठिन परेको र भोकमरी बढ्दै गएको हुनाले मधेशलाई सुक्खाग्रत क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

सांसदहरु मायादेवी ज्ञवाली, मैनाकुमारी भण्डारी, मोहन बाँनिया, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवालीलगायतले खेतीको समयमा सरकारले मल ल्याउन नसक्दा किसान मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।