• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

पाकिस्तानी दूतावासद्वारा कम्प्युटर प्रयोगशालाको स्तरोन्नति



पाकिस्तानका राजदूत सैयद हैदर हाह र कागेश्वरी मनोहर नगरपालिका– ८ का वडाध्यक्ष र हरिभक्त पुडासैनीले संयुक्तरुपमा कागेश्वरी मनोहर–८ स्थित श्रमशील विद्यालयमा कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।

पाकिस्तानको स्वतन्त्रताको ७५ औँ वर्षको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा प्रयोगशालाको नवीकरण र स्तरोन्नति गरिएको हो।

उद्घाटन समारोहमा वडाध्यक्ष पुडासैनीले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।

विद्यालयका अध्यक्ष कमलप्रसाद दाहालले पाकिस्तानी राजदूतावासको सहयोगको प्रशंसा गर्दै नयाँ र स्तरोन्नति गरिएको कम्प्युटर प्रयोगशाला विद्यार्थीहरूका लागि बहुमूल्य सिकाइ उपकरण हुने बताउनुभयो। उहाँले स्तरोन्नति कम्प्युटर प्रयोगशालाले नेपाली विद्यार्थीहरूप्रति पाकिस्तानको मित्रता र न्यानोपन झल्काउने बताउनुभयो।

राजदूत शाहले नेपालको शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालको सामाजिक–आर्थिक विकासका लागि पाकिस्तानी दूतावासले सम्भावित हरसम्भव सहयोग गर्ने भूमिकामाथि प्रकाश पार्नुभयो ।

उहाँले डिजिटल डिभाइडलाई कम गर्न कम्प्युटर साक्षरता अपरिहार्य रहेकोमा जोड दिनुभयो। उहाँले नेपाली विद्यार्थीलाई सुलभ शुल्कमा उच्च गुणस्तरको शैक्षिक सुविधा उपलब्ध गराउन नेपालसँग मिलेर काम गर्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याउनुभयो।