• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए ★   कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश ★   तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

महेन्द्रनगर बसपार्कबाट किशोरीको उद्धार



कञ्चनपुर । मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पु-याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु-याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पु¥याएको खुलेको छ ।

“काठमाडौँमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए”, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भन्नुभयो, “किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।” किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ । रासस