• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सम्झौता अनुमोदन



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गर्नुभएको सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो । त्यसअघि मन्त्री यादवले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा सम्झौता कार्यान्वयनपछि वन तथा वातावरणको क्षेत्रमा थप अन्तर्राष्ट्रिय लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ५ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ ।