५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो (फोटोफिचर)



अ+ अ-

बाँके । आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ ।  साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।

बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । किसानहरुले यो वर्ष मलखाद नपाएको गुनासो गरिरहेका बेला आकाशे पानी नपरेपछि रोपेको केही धानपनि सुक्न थालेको छ । असार महिनाभर धान रोप्नेगरि वर्षात नभएपछि ब्याडमा रहेका धानको बीउदेखि जेनतेन गरी रोपेको धान पनि सुक्न थालेका छन् । धान रोपेको गह्रा पनि फाटेर चिरा पर्न थालिसकेका छन् ।

गत बर्ष यही समयमा झन्डै ९० प्रतिशत धान रोपाइँ भएको बाँके जिल्लामा यस वर्षको असार महिनाको अन्त्यसम्म आईपुग्दा पनि पानी नपरेका कारण बाँकेका आठ वटै पालिकामा ४० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेशप्रसाद भट्टराई बताउनु भयो । उहाँले असार १५ ताका परेको पानीले रोपेको धान पनि सुकेको बताउनु भयो । उहाँले आकाशबाट पानी नपरेका कारण खोला नालामा पनि पानी सुक्दै गएकाले धान रोपाईं गर्न समस्या भएको बताउनु भयो ।

जानकी ३ बाँकेका किसान बिर्जा प्रसादजरवटले रोपेको धान पनि पानी नपरेका कारण खेतमा सुक्दै गएको बताउनु भयो । उहाँले समयमा मलखाद पनि नपाएको गुणासो सुनाउँदै सिंचाईको कनैुपनि प्रवन्ध नभएकाले सरकारले किसानका लागि सिंचाईको सुविधा नदिएको बताउनु भयो ।

आफ्नो गाउँघरमा पानीका लागि कुनै सुविधा नभएकाले पम्पिङसेटबाट नालाको पानीले सिंचाई गरी रोपेको धानपनि सुक्न थालेको र जमिन पनि फुट्न थालेको जानकी ३ बाँकेका किसान दीलिपकुमार जरवटले बताउनु भयो । उहाँले नेताहरु भोट माग्नेबेला किसानलाई आश्वासन दिने गरेपनि जितिसकेपछि फर्केर नहेर्ने गरेको गुनासो व्यक्त गर्नुभयो ।

पानी नपरेर सुख्खा लागेकाले धान रोपाईँ हुन नसकेको भन्दै सिंचाईको सुविधा गरिदिन जानकी ३ बाँकेका किसानहरुले आग्रह गरेका छन् । राप्ती नदी, खोलानाला र सिक्टा सिंचाईको सुविधा हुने राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा गाउँपालिकामा २५ देखि ४० प्रतिशत धान रोपाईँ भएको छ भने नरैनापुर गाउँपालिकामा १० प्रतिशत, कोहलपुर नगरपालिका क्षेत्रमा १५ र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।