१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार नेताले छोडे राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी परित्याग गरेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोसराप्रपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण

पार्टीभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

आगामी संघीय निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न बाहिर छरिएर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई एउटै धारमा खडा गरी राप्रपालाई मूलधार बनाउन फराकिलो र सकारात्मक सोचका साथ संवादको वातावरण निर्माण गर्न खोज्दा पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लाञ्छना लगाउँदै अपमानित गर्ने दुष्प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी नेतृत्वले गरेको दुष्प्रयास एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका निमित्त स्वीकार्य नभएको भन्दै उनीहरुले आजैका मितिदेखि साधारण सदस्यसमते नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।