८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

सोमबार र साउनमा महादेवको पूजा किन ?

सोमबार र साउनमा महादेवको पूजा किन ?
अ+ अ-

हाम्रा शास्त्रहरूले एकादशीमा तुलसी र विष्णु, मङ्कलबार गणेश, शनिबार पीपल, पूर्णिमामा चन्द्रमा, आइतबार सूर्य, सोमबार महादेवको अनुष्ठान गर्दा साधना फलीभूत हुने बताउँछन् । उत्पत्ति, योगदान, ज्ञान, शक्ति, भूमिका आदिका दृष्टिले अन्यभन्दा जेष्ठ तथा श्रेष्ठ भएकाले उहाँलाई महादेव भनियो ।

उहाँका नन्दी, चौसठ्ठी योगिनी आदि गण छन्, गणेश र कुमार दुई सुपुत्र छन् । महादेवका अनेक आभूषण, आयुध र गहनाहरूमध्ये शिरमा चन्द्रमा छन् । देवता र दानवले समुद्र मन्थन गर्दा उत्पन्न भएका चन्द्रमा महादेवको शिरमा रहेकाले उहाँलाई सोमनाथ (चन्द्रमाका मालिक) भनिन्छ ।

चन्द्रमाका अनेक नाममध्ये सोम पनि एक हो । सोम नै महादेवको शिरमा बसेका कारण सोमबार उहाँको पूजाआजा विशेषरूपले गरिन्छ । ज्योतिषशास्त्रअनुसार सूर्य एक राशिमा झण्डै तीस दिन बस्दछन् । सूर्य मेष राशिमा बस्दा वैशाख माहिना, वृष राशिमा प्रवेश गरेपछि जेठ, मिथुनमा पुग्दा असार एवं कर्कट राशिमा रहँदा श्रावण महिना हुनेहुनाले साउन १ गतेलाई कर्कटसंक्रान्ति भनिन्छ । कर्कट राशिको ग्रह स्वामी चन्द्रमा हुन् ।

प्रत्येक राशिका आफ्ना ग्रह स्वामी हुन्छन् जस्तै सिंहका सूर्य, धनु र मीनका स्वामी बृहस्पति आदि । साउन महिना (कर्कट राशि)का ग्रह स्वामी चन्द्रमा महादेवको शिरमा भएकाले साउन महिनाभरि महादेवको विशेष विधिले पूजा, उपासना, दर्शन, रुद्री पाठ गरिन्छ । साउन महिना र सोमबार शिवालय रुद्री पाठ गरिन्छ । रुद्र पनि महादेव नै भएकाले सोमबार एवं साउन महिनामा रुद्रीपाठ गरिन्छ ।

साउन महिनाले हरियालीलाई स्वागत गर्छ । रुखो जमिनमा पनि वनस्पति टुसाउँछ । यसकारण हरिया चुरा र कपडा लगाएर साउनको महत्वलाई बढाइन्छ । श्रावणसंक्रान्तीका दिनमा लुतो फालेर निरोगी र सबल जीवनको कामना गरिन्छ । साउन महिना महादेवको महिना हो । महादेवलाई वैद्यनाथ पनि भनिन्छ ।

अर्कोतर्फ नेपाल कृषीप्रधान देश हो । खेतीपातीको समयमा अनेक रोग र चोट लाग्न सक्छन् । यसलाई निको बनाउन पनि लुतो अर्थात् रोग फाल्ने उत्सव मनाइयो । साउनमा मेहन्दी लगाउने गरिन्छ । मेहन्दीले छालालाई चम्काउने वा रोगरहित बनाउन सहयोग गर्छ । खेतीपातीका क्रममा लाग्ने रोगलाई हटाउन पनि यो परम्पराको सुरुवात गरियो । अब खेतहरु लडेका छन्, युवाहरु विदेशिएका छन् तर संस्कृति जोगाउने नाममा हामी मेहन्दीमा आकर्षित भएका छौँ ।

खेतीपातीको समयमा पानी नपरे वा खण्डवर्षा भए किसानहरूले शिवालयमा रुद्रीपाठ गरी घर–घरमा जलधारा गर्दछन् । यो परम्परा नेपालका कतिपय स्थानमा अहिलेसम्म देख्न पाइन्छ । जलधारा गरेको सात दिनभित्र पानी परेको प्रत्यक्ष प्रमाण हेर्न टाढा जानुपर्दैन । महादेव हिमालमा बस्नुहुन्छ । हिमालबाटै हिन्दूधर्म, हिन्दू सभ्यता, संस्कृति संसारमा फैलियो । हिन्दूधर्मबाटै अन्ततः शैव सम्प्रदाय र परम्परा जन्मन पुग्यो । हिउँ नै पानीको अटुट स्रोत हो । यसैले महादेवको सम्बन्ध पानीसँग हुन पुग्यो ।

महादेवको शिरमा गङ्गा बसेकी हुनाले उहाँलाई गङ्गाधर (गङ्गालाई धारण गर्ने) भनिन्छ । गङ्गानदी स्वर्गबाट महादेवको जटामा झरेर वेग कम भएपछि पृथ्वीमा ओर्लिएको पुराणहरू बताउँछन् । नेपालका ६४ शिवलिङ्ग, पाशुपत क्षेत्र, जनकपुर आदिसँग महादेवको सम्बन्ध छ । गोसाइँकुण्डको बीचमा राम्रोसँग निहाल्दा महादेवको स्वरूप देखिन्छ ।

कैलाशपर्वमा महादेवको निवास हुनाले आजसम्म कोही चढ्न सकेको छैन । रावणले यहीँ महादेवलाई प्रसन्न गराए । यसरी महादेवको सम्बन्ध हिमाल र पानीसँग हुनाले खडेरीको समयमा कृषकहरूले महादेव वा देवीको प्रार्थना गरी पानीको याचना गर्दछन् । महादेवको सोम (चन्द्र)बारसँग सम्बन्ध हुनाले जलधारा प्रायः सोमबार गरिन्छ । महादेवको शिरमा चन्द्रमा र गङ्गा बसेका छन् ।

जहाँ ज्ञान, शीतल, शान्ति छ, त्यहाँ रिस उठ्दैन, उठे पनि लामो समय रहँदैन त्यसैले महादेवलाई आसुतोष अर्थात् तुरुन्तै प्रसन्न हुने देवताका रूपमा पूजिन्छ । देवताका पनि देवता भएकाले महादेव भनिएको हो । यही कारण अठार पुराणमध्ये दशवटा पुराणमा महादेवको चरित्रामृत, स्तुतिमात्र छ, चारवटा पुराणमा ब्रéाको, दुईवटा पुराणमा देवीको बाँकी दुईवटा पुराणमा विष्णुको वर्णन छ । वेद र उपवेदहरूमा पनि महादेवका स्तुति प्रशस्त पाइन्छन् । महादेवबाट नै मानव स्वरूप निर्धारण गरिएको हो । समयले कुनै असर नपार्ने हुँदा उहाँलाई महाकाल भनिन्छ ।

महादेवलाई वैद्यनाथ पनि भनिन्छ । उनले आफ्ना पुत्र गणेशको शिरमा हात्तीको, दक्षप्रजापतिको शिरमा बोकाको शिर प्रत्यारोपण गरेका थिए । प्रविधिको विकाशसँगै डाक्टरहरूले कुनै दिन शिर प्रत्यारोपण नगर्लान् भन्न सकिँदैन । देवता र दानवले समुद्र मन्थन गर्दा कालकूट विष उत्पन्न भयो । यो विषलाई खान कोही तयार भएनन् । यतिकै छोडे संसारलाई विनष्ट गर्ने, खाए आफैँ नष्ट हुने भएपछि महादेवले त्यसलाई घाँटीमा राखेर ब्रéाण्ड र आफूलाई बचाउनुभयो । सर्प असाध्यै चिसो सरिसृप जीव हो, यसले वायुमण्डलमा रहेका प्रदूषित हावा खाएर मानिसलाई बाँच्न सहयोग गर्दछ ।

महादेवको घाँटीमा बसेको वासुकि सर्पले कालकूट विषको प्रभावलाई कम गर्न सहयोग ग¥यो । विषका कारण महादेवको घाँटी नीलो बन्यो र नीलकण्ठ नाम रहन गयो ।

ज्योतिषशास्त्रअनुसार बन्धन (कालसर्प) योग परे पञ्चमी तिथि वा सोमबार नागलाई दूध चढाइन्छ । महादेव हिमालयमा बस्नुहुन्छ, चिसोमा सर्प बाँच्न सक्दैन । महादेवको कृपा भयो भने विषालु प्राणीलाई प्यारका साथ असम्भव परिस्थिति र वातावरणमा पनि बाँच्न सहज हुन्छ भन्ने विषयलाई यसले पुष्टि गरेको छ ।

पूर्णिमाको रातमा चन्द्रमाको प्रकाशले आकाशको अर्कै गरिमा देखिन्छ जसको झझल्को ‘सत्यम् शिवम् सुन्दरम्’का प्रतिमूर्ति महादेवमा पाइन्छ । नेपाल शैव क्षेत्र भएकाले महादेवसम्बद्ध साधना छिटै सफल हुन्छ । सोमवार शिवालय, हिमालय वा नदी किनारमा बसी उपासना गर्नुपर्छ । ज्योतिषशास्त्रले चन्द्रमालाई जल र मनको कारक ग्रह मानेको छ । मनलाई नियन्त्रण गर्नेले मात्र संसारलाई काबुमा राख्न सक्छ ।

पुराणहरूमा सतीदेवीको मृत्युपछि महादेव विरक्त बनेर तपस्यामा लागेको वर्णन छ । महादेव ध्यान मग्न भएपछि कैलास शून्य बन्यो, सृष्टि चलाउन गाह्रो भयो । महादेवको ध्यान भङ्क गराउन देवताहरूले कामदेवलाई अनुरोध गरे । देवताहरूको अनुरोधलाई स्वीकार गरी कामदेवले महादेवलाई मायाजालतर्फ फर्काउन कामबाण प्रयोग गरे । गुणातीत महादेवलाई यसले असर गरेन बरु कामदेव भस्म भए ।

यसको प्रतीकात्मक अर्थ हो कामवासनाले महादेवलाई छुन सकेन । महादेवलाई मनले नियन्त्रण गर्न सक्दैन किनकि मनका कारक ग्रहलाई शिरमा राख्नुभएको छ । चन्द्रमाले पूर्णिमा तिथिमा समुद्रमा छाल उठाउँछ । मानिसको शरीरमा झण्डै ७० प्रतिशत पानी हुन्छ त्यसकारण मानवलाई चन्द्रमाले अवश्य प्रभाव पार्दछ ।

कामवासनालाई जित्न, जीवनलाई असल पथमा हिँडाउन शिरमा चन्द्रमा धारण गर्ने महादेवको पूजा, प्रार्थना, उपासना गरिन्छ । महादेवलाई जलप्रिय देवता मानिन्छ । अधिकांश प्राचीन एवं प्रसिद्ध शैव धामहरू नदीकै किनारामा छन् । यसरी महादेवको सम्बन्ध पानी र सोम (चन्द्रमा)सँग नजिक भएकै कारण पानी एवं शान्तिका लागि उहाँको साउन एवं सोमबार पूजा, उपासना गरिन्छ ।