२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

सम्झनामा बा ! तिमी केवल कुहिरोमण्डलीको देशबाट चियाइरहनु है !

सम्झनामा बा ! तिमी केवल कुहिरोमण्डलीको देशबाट चियाइरहनु है !
अ अ+ अ-

बा, कुनै पनि समय जब तिमीलाई सम्झेर झल्याँस्स हुन्छु, तिम्रो भौतिक अस्तित्व हामी माझ छैन भन्ने पाउँछु, त्यो बखत मन कुटुक्क खान्छ, हिउँ परेको रातपछिको सन्नाटा छाउँछ मस्तिष्कमा ! तिमीलाई सम्झिन कुनै तिथि, कुनै शुभ समयहरूले ढोका ढकढकाइरहनपर्छ जस्तो लाग्दैन मलाई ! केही सम्झनाहरु स्मृतिका सागरमा सयर गरिरहन्छन्, तिनले स्मृतिकै पन्नाहरुमा गहिरा छापहरू छाडेका हुन्छन्।

बा, प्रारब्धले हाम्रो भेट कति छोटो लेखिदिएको हगी? जिन्दगीको देउरालीमा खुशीहरु भाक्न नपाई हामी उकालीको दोबाटोबाटै छुट्टियौं। मैले छात्रवृत्ति पाउँदाताका तिमीले स्वर्गद्वारी भाकेजस्तै म पनि जिन्दगीका देउरालीमा खुशी भाक्थे होला। तर दैवले तिमीलाई केको लागि हामीसङ्ग टाढा लगे होलान् हगी? अब मसङ्ग जमेर संवाद कस्ले गर्ला? थाहा छैन कति जन्ममा हामी भेटियौं, कति जन्म छुट्टियौं र यिनै अप्रत्याशित लहरहरु बीचको यात्राले थाहा छैन अब अर्कोपटक हामी कैले भेट्छौं, कहाँ भेट्छौं।

म उत्तरविहिन छु। छन् त केवल मसङ्ग उत्तर नभएका निरीह प्रश्नहरु। ती केवल मेरा मस्तिष्कमा बादल बनेर आउँछन्। जीवन यात्रामा हाम्रो उडान बादलहरुको देशभन्दा माथी पुगिसकेको थियो; उद्देश्य र परिकल्पनाहरुले हामी अवतरण पक्कै कतै हुन्थ्यौं। तर अफसोच परिकल्पनाको सुन्दर आकाशमा विचरण गरेकाहरु क्षतविक्षतको शिकार हुन पनि सक्छन् भनेर कस्ले देखेको थ्यो र? हामीले देखेका सपनाहरू, हामीले हिँडेका सत्मार्गहरु र हामीले बनाएका योजनाहरु समयको हुरीले बढारी कता लग्यो होला हगी? कुन जगतमा वा आकाशमा वा कुन ब्रह्माण्डमा?

आगत परिस्थितिहरुको परिबन्दमा अल्झिएको छ, भविष्य कुहिरोमा रुमल्लिएको कागको जस्तै छ; छ त केवल अतित जो अभाव र संघर्षका तमाम दु:खहरु बीच पनि हिमाली गुराँस भएर फुलेको थियो। तर बा त्यो मीठो अतीतले कहाँ पुग्ने रैछ र? यथार्थ जति नै निर्मम किन नहोस् बाँच्न त वर्तमान नै चाहिने रहेछ; मिठा भनिएका, देखिएका अतितहरुमा बाँच्न नसकिने रैछ।  

बा, मानिस जीवनका गहिराई नापेकाहरु मानिसहरु मानिसको जन्म नै दु:ख हो भन्दा रहेछन्। यो दु:ख बडो व्यापक शब्द हुँदो हो। समयक्रमका कालखण्डमा हामीले संगै भोगेका दु:खहरु सगरमाथा लागेको मात्रै हुन्। तर हरेक मानिस भित्र दु:ख रैछ, ती दु:ख छिचोल्ने आफ्नै गोरेटोहरु रहेछन् र ती गोरेटोहरुले पुर्‍याउने आफ्नै खाले सगरमाथा। चराचर जगतको संसारमा रूमल्लिएको मानिसको जीवन मकैको ढोड जस्तै खोक्रो रैछ। अटल, अचल उभिएको त छ तर भित्र खोक्रो छ। म त बाहिरै पनि उस्तै छु, भित्रै उस्तै छ ! म सङ्ग लुकाउन पनि केही छैन, जमाउन पनि केही छैन किनकी म त्यो पञ्चतत्वको जगमा उभिएको एक अविरल नदी हुँ ! नदीसङ्ग जमाउन के हुन्छ र लुकाउन पनि केही होस् !

अप्रियहरुसङ्गको संयोग र प्रियहरुसङ्गको वियोग जिन्दगीको एउटा भिन्न आयामको दु:ख हो जुन अवस्था भोग्नेहरुले मात्रै मनको अन्तस्करण देखि अनुभूत गर्न सक्छन्। अरूका दु:खका लागि मानिससँग शास्त्र छ्न्; अर्थ, अर्ति, उपदेश र आदर्श वचनहरु छन्; तर दु:खका खाडलहरूको भुमरीमा जाकिएकाहरुसङ्ग केवल भोगाई मात्रै छ। यसर्थमा मैले प्राप्तिको चाहना राखेको होइन। मलाई प्राप्ति मात्रै जीवन लाग्दैन बा। त्यागका काखहरुमा हुर्किएका फूलहरुले प्राप्तिको कति अंश मनोचाहना राख्लान्? हिमाल भएर उभिने मानिसहरूले प्राप्तिको अभिलाषा कहाँ राख्छन् र?

बा, तिमी आफैं भन के रैछ जिन्दगी? नदी? हिमाल? शून्य? पूर्ण? अपूर्ण? वा? के कमाएछौ तिमीले? आफन्त? शुभचिन्तक? धन? दौलत? केका लागि दौड गरेछौ जिन्दगीमा? मान? पद? प्रतिष्ठा? के लगेछौ तिमीले तिमीसङ्गै? सम्झना? याद? कर्म? प्रज्ञा? सुनसान, शान्त र एक्लो गयौ, न साथी चाहियो न साथ? बा, वर्तमान युगले हामीलाई तितो यथार्थको धरातलमा उभिएर भन्दा मिठो भ्रममा बाँच्न सिकाएको छ। तर यसकारण पनि म तिमीप्रति सधैं ऋणी छु; त्यो भ्रम भन्दा माथी बाँच्न प्रेरणा दिएका छौ।

यो धराबाट हामीमाझ कैले नफर्किने गरि अनन्त यात्रामा निस्किएको तिमीले त भुल्यौ होला तर अस्पतालको शैयामा चौथो दिन तिमी जुन तरिकाले छट्पटीयौ नि, त्यो दिन मेरो अन्तर्मनमा जीवन बारे अनगिन्ती प्रश्नहरु तेर्सिए। तमाम सहमति र असहमतिको बीच पनि तिमी भन्दा शक्तिशाली मान्छे मलाई अर्को कोहि लाग्थेन जीवन यात्रामा। तर त्यो मीठो भ्रम रैछ बा ! मान्छे असलीमा भुइँमान्छे हुनेरैछ। सबका सब समय र नियतिको खेला ! 

नत्र साधु र ऋषिमहर्षीहरुले किन त्याग्थे र यी सारा मोहहरु? नत्र किन मोहसागरबाट उत्रिएर हिमालको सान्निध्यमा आफूलाई खोज्न निस्कन्थे? बा मलाई यो पनि थाहा छ बाँच्नु मात्रै ठूलो कुरो होइन। तर शोकले विक्षिप्त भएकी आमालाई हेर्छु, कैलेकैले जिजिविषा पनि ठूलो कुरो रैछ। परिवारमा एउटी बुढीले एउटा बुढालाई जत्तिकै त्याग र समर्पण कस्ले गर्छ होला र बा? सहारा को बनिदिन्छ होला? 

बा, म केवल समयको पदचापलाई पछ्याउन चाहन्छु, म आफू हिँड्ने बाटो म आफैं बनाउन चाहन्छु, तिमीले बाँचेको भन्दा थोरै परिष्कृत जिन्दगी बाँच्न चाहन्छु। दयाको विशाल छातीमा जुन आश्रय हामीले पायौं, यो हाम्रो कर्मको कमाई थियो बा ! यो जीवन अध्ययन, यात्रा र सत्कर्ममा व्यतीत गर्न चाहन्छु। तिम्रा सपनाहरूलाई पूरा गर्न हामी सधैं कटिबद्ध छौं, दु:ख छ र पो हिमाली उचाई छ। यति भन्दै गर्दा दु:खसङ्ग किञ्चित पनि गुनासो होइन बा, दु:ख जत्तिकै हाम्रा असल मित्र को छ, दु:खजत्तिकै क्षणभङ्गुर जीवनमा अर्को यथार्थ के छ? 

बा, तिमीलाई जीवन जीवन सम्झिरहन चाहन्छौं हामी। मानिसहरू ठूलो हुँदै गएपछि रहरको पोका र पुन्तुराहरु बढ्दै जान्छ भन्छन् नि बा, खै तिम्रै प्रभाव हो या हामीले बोकि आएका कर्म र नियतिका उपहारहरू हुन्, उसैपनि जीवन उत्तिकै साधु जत्तिकै छ; भएका ती थोरै रहरहरू पनि झन् कम हुँदै गएका छन्। जीवनको एउटा अध्यायको यात्रा पछी खुशी महत्वपूर्ण कुरो हुँदोरैछ भन्ने झन् ज्यादा बोध हुँदो रैछ। बस् जीवन यात्रामा यत्ति रहर छ कि दु:खका पहाडहरूमा गुराँस बनेर फुल्न सकौँ, दु:खमा पनि स्वच्छन्द मुस्कुराउन सकौँ, सत्कर्मले सदैव सत्मार्गमा लम्किरहने प्रेरणा मिलिरहोस् र यी तमाम यात्राका तरेलीहरूमा खुशी पनि सँगै हिँडीरहोस्। तिम्रो आशिर्वादको शिखरमा उभिएर हामी हेरिरहनेछौं बा, तिमी केवल कुहिरोमण्डलीको देशबाट चियाइरहनु है। साधुवाद।

बा, फेरि पनि भन्छु तिमीलाई सम्झिरहन, तिम्रा विचारहरूसङ्गै सयर गरिरहन, तिम्रै राजमार्ग हुँदै गन्तव्यतिर लम्किरहन हामीलाई कुनै तिथी, गते र बार पर्खिरहनपर्दैन। मस्तिष्कमा बाँचेका मानिसहरू जीवन जीवन र क्षण क्षण बाँचिरहेका हुन्छन्। समयक्रममा पराया घाउहरु सुकेर डोब बनुन्, तर केहि घाउहरु आफ्नै हुन्छ्न्, ती आलै बसिरहुन्। केही घाउ सम्झिनकै लागि भए पनि बल्झिनपर्छ बा, जति नै कठोर नदेखियुन् किन केहि घाउहरु? अभावले, घाउले, संघर्षले मात्रै हामीलाई अझै उन्नत बाटोमा लम्काउन सक्छ। नियतिले कोरिदिएको र समयले हुत्याइदिएको बाटो अनुगच्छति प्रवाह सहित बग्न पाइयोस्। 

छोटो भेट लिएर आयौ, छाडेर जान पर्ने संसारमा लामो दिनको पाहुना बन्नुको पनि के अर्थ छ र हगी? छुट्टिनु फेरि भेट्नु पनि होला, अर्को भेट कहाँ हुन्छ त्यो जिम्मा नियति र समयलाई छाडेँं बा ! एक असल मानिस बन्ने प्रेरणा तिमीबाट हामीलाई मिलिरहोस् बा, बाँकी जे छ्न ब्रह्म सत्य जगत मिथ्य मै होला !

र अन्तिममा मदनकृष्णले गुनगुनाएको एउटा गीत सम्झिरहन्छु;

"अर्बौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे,

म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे"