९ श्रावण २०८३, शनिबार
,
Latest
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्दै



अ+ अ-

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज पनि राजनीतिक भेटघाट जारी छ ।

उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणामा शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् ।

उनले शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए भने शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।

शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । सोही बैठकमा प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि उनको भेट भएको थियो ।

अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने प्रचण्डको छ । उनी आजै स्वदेश फर्किनेछन् ।