६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा तीव्र उतारचढाव



अ+ अ-

काठमाडौं । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।

नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन पाउने प्रावधान लागू गरेको थियो । यो प्रावधान लागू भएपछि भने बजारमा सामान्य प्रभाव देखिएको थियो । धेरै लगानीकर्ता यसका पक्षमा देखिए पनि बजारका केही लगानीकर्ताहरुको संगठित संस्थाहरुले यसको विरोधमा आन्दोलन नै घोषणा गरेपछि बजारमा तीव्र उतारचढाव देखिएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको थियो । सोमबार फेरि १६१.९४ अंकले उकालो लागेर २९८०.७९ अंकमा पुगेको छ । एक दिनको अन्तरालमा नै उच्च उतारचढावमा बजार हल्लाले भूमिका खेलेको विश्लेषकहरु बताउँछन् । आइतबार लगानीकर्ताहरुले संघर्ष समिति नै बनाएर गभर्नरको राजीनामा माग्दै आन्दोलनसमेत घोषणा गरे । सोमबार केही लगानीकर्ताहरु सडकमा राष्ट्र बैंक विरुद्ध नारा लगाइरहँदा बजार भने उकालो लाग्न सुरु भएको थियो ।

सोमबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको सूचना सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको बहानामा बजार बढाइएको विश्लेषकहरुको दावी रहेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।