• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने ★   राजस्थान रोयल्समाथि हैदरावादको रोमाञ्चक जित ★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित

वडा ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न



काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न गरेको छ । वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट व्यक्त भएका गुनासा, जिज्ञासा तथा मागका रुपमा आएका सवालहरुलाई वडाले सम्बोधन गर्नुपर्ने बताउनुभयो । कतिपय प्रश्नको आफैँ उत्तर दिन सक्छ । कतिपय सवालहरुका सन्दर्भमा समन्वय गर्नुपर्ने हुन्छ । वडाबाट यो काम हुन्छ भन्नेमा मैले विश्वाश लिएको छु । संसद सदस्य थापाको भनाइ थियो ।

उहाँले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सडक पेटी, घरेलु फोहोर र ट्राफिक व्यवस्थापन, पर्यटनजस्ता क्षेत्रसँग युवाका नविन सोचको सम्बन्ध स्थापना गराउन आफू क्रियाशील भएर काम गर्ने बताउनुभयो ।

‘वडाको समृद्धिका लागि हामी युवाहरुको साथमा अगाडि बढ्ने योजनामा छौँ । वडाबाट वितरण हुने सेवा तथा सुविधा सबै वडाबासीको समान पहुँचमा पु-याउन युवाको साथ र सहभागिता आवश्यक छ ।’ कार्यक्रमबा बारेमा जानकारी दिँदै वडाध्यक्ष वडाध्यक्ष विमलकुमार होडाले, युवाहरु के सोच्नुहुन्छ भन्ने विषयमा जानकारी लिन उहाँहरुलाई डाकेर कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा व्यक्त धारणा र सोचलाई वडा व्यवस्थापनमा उपयोग गरिने व । स्वास्थ्य, शिक्षा र पूर्वाधार सुधारका लागि काम गर्ने वडाध्यक्ष होडाको भनाइ थियो ।

कार्यक्रममा वडा क्षेत्रको विकास तथा व्यवस्थापनका लागि सक्रिय युवाहरुले आफूले गरिरहेको काम, त्यसबाट प्राप्त नतिजा र दिगो उपयोगका लागि वडाबाट गरिएको अपेक्षाबा विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुको प्रस्तुतिमाथि सहभागी युवाहरुले प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो । ती सवालहरुका विषयमा प्रस्तुतकर्ता, वडाध्यक्ष र संघीय संसद सदस्यले उत्तर दिनुभएको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्यको समस्या र समाधानका उपाय, शारीरिक स्वास्थ्य जाँच र उपचार, खानेपानी र सडकमा बेचिने खाद्य बस्तुको गुणस्तर, फोहोरमैला व्यवस्थापनजस्ता विषयमा प्रश्न आएका थिए । यसै गरी लोक सेवा आयोगबाट सेवामा प्रवेशको बाटो, पर्यटन र उद्यमशीलताजस्ता विषयमा युवाहरुको सहभागिता खोजिएको थियो । वडाले सस्तो पसल खोल्नु पर्ने, सडक व्यापारलाई नियन्त्रित र गुणस्तरीय बनाइनुपर्ने, पैदल मार्ग निर्वाध हुनुपर्ने, वडाको कुन ठाउँमा कुन निकायले के काम गरिरहेको छ? यदि कसैले जानकारी लिन चाह्यो भने सजिलै प्राप्त गर्न सकिने संयन्त्र हुनुपर्ने युवाहरुको माग थियो ।

कार्यक्रममा वडा सदस्यहरु उज्जल अर्याल, सुरेश शाही र कल्पना सुन्दास लगायत उपस्थित हुनुहुन्थो ।