११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

वामपन्थी पार्टीहरुलाई तालमेलका लागि नारायणकाजी श्रेष्ठको आग्रह

वामपन्थी पार्टीहरुलाई तालमेलका लागि नारायणकाजी श्रेष्ठको आग्रह
file
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ ।

मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उहाँको तर्क थियो । नेपालमा बामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुकनै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गर्नु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमिक्षा गर्दै तालमेलको बाटामा अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि बामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताउनु भयो । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहो¥याउनु भयो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘नेपालमा देशभक्त अगुवा शक्ति बामपन्थी शक्ति हो । यो कुरा कसैबाट छिपेको छैन । अहिले पनि बामपन्थी शक्तिहरु दुई तिहाईभन्दा बढि छन यो देशमा । अहिलेको विभाजन र चिराचिराको अवस्थालाई छोडिदिने हो भने र एकतावद्ध गर्ने हो भने अनि राष्ट्रियतको रक्षा गर्नका निमित्त पनि देशभक्तिपूर्ण आन्दोलनको अगुवाई गर्ने शक्तिहरुले एकतावद्ध भएर सम्पूर्ण अरु देशभक्त शक्तिहरुलाई पनि मिलाएर राष्ट्रिय सहमती गरेर यो देशभक्तिपूर्ण आन्दोलनलाई सही दिशातर्फ अगाडि बढाउनु पर्छ । र, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ । त्यसमा अहिले हाम्रो बामपन्थीहरुको स्थिति कस्तो छ भने एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा खेरी अव सबै सिद्धिने स्थितिमा त गईराखेका छैनौं ? यो हेर्नु पर्दैन ? कसले एक अर्कालाई सिध्याउने हो भन्यो । बामपन्थी कम्युनिष्ट आन्दोलन सिध्याउने ? र, आफू सबै विर्सजित हुने । त्यसबाट बच्नु प¥यो ।

अनि वामपन्थी आन्दोलन सिद्धिएपछि के हुन्छ त नेपालमा ? नेपालको सन्दर्भमा बामपन्थी आन्दोलन सिद्धियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ । र, यो देशको अस्तित्व संकटमा पर्छ । त्यसकारण देशलाई सिध्याउने काम हामीले नगरौं । त्यसको निम्ति वामपन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यक्ता छ । तर त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ । अरु नेताहरु बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–तुम शेर तो, हम सवाशेर छोडिदिऊ । घटनाक्रमको विषयबस्तुमा गम्भिर आत्मसमिक्षा गरांैं । कतिपय पछाडि गरौंला । जो अहिल्यै गर्न पर्नेछ । कमीकमजोरी भए आत्माआलोचना गरौं । मत आत्माआलोचना गछु पार्टी एकता जोगाउन सकिन भनेर । सबै मिलौं । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बूँदे आरोप पत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला तर तालमेल गरेर अघि बढन सकिन्छ ।’

नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने पनि बताउनु भयो ।