११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएकोमा अध्यक्ष लिङ्देन चिन्तित

मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएकोमा अध्यक्ष लिङ्देन चिन्तित
file
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

अध्यक्ष लिङ्देनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भईरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गर्नु भयो ।

पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढन सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङदेनले दावी गर्नु भयो । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढन गएको तर्क समेत गर्नु भयो ।

अध्यक्ष लिङ्देनले भन्नु भयो, ‘सुघौली सन्धि पछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मर्लाइ लाग्छ । हस्तक्षेपहरु गोलाबारुद्धको साथमा मात्रै नआउने रहेछ । र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछ । हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छौं । हस्तक्षेपहरु त आउने नै भयो । विदेशीहरुको समर्थन नलिईकन सत्तामा टिक्न सकिदैन भन्ने मान्यतालाई बल दिन थाल्यौ भने त्यो त हस्तक्षेप बनेर आउनेनैछ । त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्दछ ।

देशभन्दा माथि अर्को कुरा केही छैन । देशको हित सर्वोपरी छ । देशको हितको अगाडि कुनै दल र कुनै नेता गौंण हुन्छ । त्यसकारण नेताको स्वार्थ, दलको स्वार्थभन्दा माथि देशको स्वार्थ राख्नु पर्दछ । यसलाई हामीले शिरमा राखेर गयौ भने मलाई लाग्छ–हस्तक्षेप भयो, विदेशीहरुको दवाव भयो भन्नुपर्ने दिन आउँदैन । त्यसकारण हामीले हाम्रो देशलाई कस्तो बनाउने ? सम्बन्धहरु कस्तो बनाउने भन्ने कुराहरु त हामीले नै निर्धारण गर्ने हो । जब हामी त्यसमा विचलित हुन्छौं ।

स्वभाविक रुपमा अरुले हस्तक्षेप गर्छन । आज पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा जुन प्रकारको अतिक्रमण बढदै गएको छ । त्यसलाई रोक्नका लागि पनि देशका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ । र, मलाई लाग्छ–आज भन्दा २५० वर्ष अगाडि बडामहाराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगो बीचको तरुल हो भनेर नेपालको परराष्ट्र नीतिबारे भू राजनीतिक जो संवेदनशीलता हो । उत्तर र दक्षिणका छिमेकहरुको जो अवस्थिति हो । त्यसलाई ध्यानमा राखेर परराष्ट्र नीति बनाइएको थियो । मलाई लाग्छ, पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होईन । विना पूवाग्रह भएर हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ । त्यसकारण यो दिव्य उपदेशलाई कोशेढंगा मानेर हामीले हाम्रो परराष्ट्र नीति र राष्ट्रिय नीति बनाएर गयौ भने देश फेरी पनि आफ्नो खुट्टामा उभिने, असंलग्न राष्ट्रको पहिचानलाई कायम राख्ने सकिनेछ ।

अवको दिनमा परराष्ट्र नीतिको बारेमा अवको दिनमा कुनै दल विशेषको कुरा गर्नु भन्दा पनि सबै दलहरुको साझा नीति बन्नु पर्छ । यसका लागि सरकारले पहल गर्नुपर्छ । सबै दलहरु एकठाउँमा बसेर हाम्रो साझा परराष्ट्र नीति बनाउनुपर्छ भन्ने आग्रह गर्दछु ।’

अध्यक्ष लिङदेनले सबै दलको सहमतीमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहो¥याउनु भयो ।