११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छः डा कोइराला

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छः डा कोइराला
अ अ+ अ-

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उहाँको भनाइ थियो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा कोइरालाले भन्नुभयो, “हाम्रा नेतृत्वहरु अहिले पनि के नेपाल श्रीलङ्का जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलङ्का बन्दैनौँ ।” देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेकोे छ तर नेतृत्वहरुले बुझेर पनि बुझ पचाएका टिप्पणी उहाँले गर्नुभयो ।

“नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ”, नेता डा काइरालाले भन्नुभयो, “सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।” भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले लेख्नुभएको ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक प्राडा पौडेलले पुस्तकभित्र कथा, कविता, संस्मरणसँगै बिरामी र चिकित्सकको भोगाइहरु समावेश गरिएको बताउनुभयो ।

पचास प्रतिशतभन्दा बढी रोगको उपचार समाजमै भएको उल्लेख गर्दै उहाँले बिरामीको उपचार कसरी हुन्छ, उपचार गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई समाहित गर्दै डाक्टरको व्यथा भन्नाका लागि पनि पुस्तक लेखेको बताउनुभयो । उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।